२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगको अभियोगमा कारबाहीका लागि सिफारिस

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगको अभियोगमा कारबाहीका लागि सिफारिस

प्रतिवेदन अध्ययनकै क्रममा छ : प्रजिअ गेलाल


नेपालगन्ज–नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात भएको घटनाको छानविन गर्न गठित समितिले आक्रमणको घटनामा संलग्नहरुलाई ज्यान मार्ने उद्योग अभियोगमा कारबाहीका लागि सिफारिस गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको संयोजकत्वमा गठित ७ सदस्सीय छानविन समितिले घटनामा संलग्नहरुलाई ज्यान मार्ने उद्योगको अभियोगमा कारवाहीका लागि सिफारिस गरेको छानबिन समितिका सदस्य एवं नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले बताइन् ।

छानविन समितिले घटनाको स्थलगत अध्ययन, संलग्न ब्यक्तिहरुसँग सोधपुछ , घटनास्थलको सिसिटिभी फुटेजलगायत अन्य सरोकारवाला ब्यक्तिहरुसँगको छलफलपछि प्रतिबेदन तयार पारेर बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको हो ।

समितिलाई घटनाको बारेमा विस्तृत अध्ययन गरी के कति कारणले घटना घट्यो दोषीहरु को को हुन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन के कस्तो सावधानी अपनाउनुपर्छ भन्ने प्रतिवेदन तयार पारी पेश गर्ने अख्तियारी दिइएको थियो ।

छानविन समितिले प्रतिवेदन बुझाएको र अध्ययनकै क्रममा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्सहरुले ड्युटीमा रहेका बेला बिरामी आफन्तको मृत्यु भएपछि दाङ तुल्सीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतले आक्रमण गरेको घटनाका पीडित स्वास्थ्यकर्मीहरुको जाहेरीका आधारमा बाँके प्रहरीले तीनै जना अभियुक्तहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ ।

भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे, अस्विनी गुरुङ, रीता भण्डारी, भावना श्रेष्ठ, कविता पुन, चिकित्सक चन्द्र प्रकाश साहु, दीपक गुप्ता र समा अन्सारी माथि जेठ १३ गते राति आक्रमण भएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ