२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा आक्रमणमा परेका नर्स भन्छन्, ‘हामी अझै त्रासमै छौं’

भेरी अस्पतालमा आक्रमणमा परेका नर्स भन्छन्, ‘हामी अझै त्रासमै छौं’


नेपालगन्ज–ड्युटी गरिरहेका बेला आक्रमणमा परेका नेपालगन्जको भेरी अस्पतालका नर्सहरुले आफूहरु अझै पनि डर र त्रासमै रहेको बताएका छन् ।

घटना भएको ५ दिन बितिसक्यो । तर, उनीहरु राम्रोसँग निदाउन सकेका छैनन् । सानो स्वरमा बोल्दा पनि आक्रमण गर्न आउनै लागेको हो भन्ने त्रास हुने गरेको आक्रमणमा परेकी नर्स भावना श्रेष्ठले बताइन् ।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघ र नेपाल नर्सिङ संघलगायत विभिन्न पेशागत संघसंस्थाहरुले दोषीमाथि कारबाही र जेल विथ आउट बेलको प्रावधानसहितको कानुनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्यकर्मीहरु हरेक दिन साँझ भेरी अस्पताल परिसरमा भेला भएर शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्थानीय प्रशासनले थप सुरक्षाकर्मी खटाउनु सकारात्मक भएपनि सुरक्षाकर्मीकै अगाडि स्वास्थ्यकर्मी माथिको आक्रमण हुने गरेकाले कडा कानुन आवश्यक भएको आक्रमण परेका स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीले बताए । शाही २४ बैशाखमा भेरी अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको उपचार गर्ने क्रममा आक्रमणमा परेका थिए ।

आक्रमणमा संलग्न दोषी माथि कारबाही र जेल विद आउट बेलको प्रावधानसहितको कानुनको माग गर्दै नेपालगन्जका स्वास्थ्यकर्मीहरुले १४ १४ जेठदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसीले बताइन् ।

दोषीमाथि कारबाही सुरु भइसकेको र अस्पतालमा थप २५ जना सुरक्षाकर्मी खटाइएकाले अस्पतालमा भय र त्रासको वातावरण केही हटे पनि कडा कानुनी ब्यवस्था नहुँदासम्म स्वास्थ्यकर्मीमाथि आक्रमणको जोखिम कायमै रहेको अध्यक्ष केसी बताउँछिन् ।

१३ जेठ राती भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे, अश्विनी गुरुङ, रीता भण्डारी, भावना श्रेष्ठ, कविता पुन, डा. चन्द्र प्रकाश साहु, दीपक गुप्ता र समा अन्सारीमाथि आक्रमण भएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ