२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्यकर्मी आक्रमणको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको सिफारिस

स्वास्थ्यकर्मी आक्रमणको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको सिफारिस

छानविन समितिको रिपोर्ट सार्वजनिक


नेपालगन्ज – नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने घटनाको छानविन गर्ने गठित समितिले घटनामा संलग्न ब्यक्तिलाई हदै सम्मको कारबाही गर्न सिफारिस गरेको छ । छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आक्रमणको घटनाका संलग्न भएकाहरुलाई हदै सम्मको कारबाहीका लागि समितिले सिफासिर गरेको जनाए ।

अस्पतालमा भर्नाभई सिकिस्त अबस्थामा रहेका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने सन्दर्भमा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी बिचको बुझाइमा फरक पर्दा आकस्मिक रुपमा आक्रमणको घटना भएको प्रजिअ गेलालले बताए ।

भेरी अस्पतालमा थोरै जनशक्तिले धेरै बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । थोरै जनशक्तिले उपचार सेवा दिंद उपचार सेवाबाट सेवाग्राही सन्तुष्ट नहुँदा बिरामीका कुरुवा र स्वास्थ्यकर्मीबीच समस्याहरु उत्पन्न हुने गरेको प्रतिवेदनमा औल्याइएको छ ।

अस्पतालको आईसियू  वार्डमा एक जना बिरामीको एकजना मात्रै कुरुवा जान पाउने गरी पासको व्यवस्था गरिएको छ । तर पासको व्यवस्था कडाइका साथ लागु नभएका कारण एउटै बिरामीका ३-४ जनासम्म कुरुवा आईसियू वाडमा प्रवेश गर्ने स्वास्थ्यकर्मीहरुसँग झगडा गर्ने र कुटपिटको घटना पनि हुने गरेको छ । छानविन समितिले स्वास्थ्यकर्मीहरुलाई सेवाग्राही प्रति नम्र भएर शिष्टता पुर्बक ब्यबहार गर्नु पर्नेमा जोड दिएको छ ।

त्यसैगरी, सेवाग्राहीका लागि अस्पतालको सहायता कक्षलाई प्रभाबकारी बनाइ बिरामीको स्वास्थ्य अबस्थाका बारेमा आधिकारिक सुचनाहरु दिने ब्यबस्था मिलाउन पनि समितिले सुझाब दिएको छ ।

यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवाको सुरक्षा सम्बन्धि ऐनमा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा संलग्नलाई हुने सजाय कम भएकाले ऐनमा नै संशोधन गरेर कडा सजायको ब्यबस्था गर्न सिफारिस गरेको छ ।

अस्पतालले आफ्नै सुरक्षा गार्ड राखे पनि प्रहरी र अस्पतालका सुरक्षागाडका बिच समन्बयको अभाब देखिएको औल्याउदै समितिले असइको कमान्डमा १० जना सुरक्षाकर्मी खटाउन सिफारिस गरेको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण हुनुमा समितिले औल्याएका कमी कमजोरी र आगामी दिनमा गर्नु पर्ने कामहरुका बारेमा प्रमुख जिल्ला अधिकारी सहितिको सुरक्षा अधिकारी र अस्पताल प्रशासन बिच छलफल गरी कार्यान्बयनको प्रकृयालाई अगाडि बढाइएको बाकेका प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

जेठ १३ गते राती भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि आक्रमण भए पछि बाकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित ७ सदस्यीय छानबिन समिति गठन गरेका थिए । छानबिन समितिले घटनाको स्थलगत अध्ययन , संलग्न ब्यक्तिहरुसँग सोधपुछ , घटना स्थलको सिसिटिभी फुटज लगायत अन्य सरोकारबाला व्यक्तिहरुसँगको छलफलपछि प्रतिवेदन तयार पारेर जेठ १७ गते प्रजिअ गेलाललाई बुझाएको थियो ।

जेठ १३ गते स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको मृत्यु भए पछि भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्शहरु माथि दाङ तुल्सीपुरका मान बहादुर राबत, भरत राबत र लोक राज रावतले आक्रमण गरेका थिए । आक्रमणको घटना पछि बाके प्रहरीले तीनै जना अभियुक्तहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेर अनुसन्धान गरि रहेको छ ।

भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे, अस्बिनी गुरुङ, रीता भन्डारी भाबना श्रेष्ठ, कविता पुन चन्द्र प्रकाश शाहु, दिपक गुप्ता र समा अन्सारीमाथि जेठ १३ गते राती आक्रमण भएको थियो ।

घटनाको छानबनिका लागि बाकेका प्रजिअ गेलालले १३ गते राति नै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित ७ सदस्यीय छानविन गठन गरेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ