२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयू सेवा सुरु

आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयू सेवा सुरु


बुटवल – बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटर सहितको कोभिड आईसीयू सेवा सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटर सहित ५  आईसीयू तथा १० एचडीयु र १० जनरस (कोभिड आइसोलेसन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो ।

‘बुटवल उद्योग वाणिज्य संघ कोभिड–१९ आईसीयू वार्डको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले शुभारम्भ गरेका छन् । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसँगै बुटवल उद्योग वाणिज्य संघ र आम्दाको बिचमा आईसीयू सञ्चालनको लागि दुई पक्षिय सम्झौता भएको थियो । सोहीअनुसार संघले दुई आईसोलेशन सहित आईसीयुका ५ बेड सहयोग गरेको हो ।

भेन्टिलेटर सहितको आईसीयू सेवा शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले आम्दा अस्पतालको स्रोत व्यवस्थापन गरि आगामी दिनमा अझ व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको समेत उल्लेख गरे ।

सरकारले कोरोना संक्रमितको उपचारलाई निःशुल्क गरेको र स्वास्थ्यकर्मीलाई समेत जोखिम भत्ताको व्यबस्था गरेकाले आफ्नो समेत दायित्व बोध गरेर बिरामीको उपचारमा सक्रिय हुन स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

कोभिड केयर युनिट सञ्चालनको लागि आम्दाले सरकारसँग तीन करोड रुपैंया माग गरेको थियो । कोभिड महामारीमा उपचारको अभावमा कसैले ज्यान गुमाउनु हुँदैन भनेर संघले भेन्टिलेटर सहित आईसीयु सेवा सञ्चालनको लागि वातावरण बनाएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।

‘संघले लिएको यो पहलकदमीमा उद्योगी व्यवसायी, बस्तुगत समितिहरुबाट समेत ठूलो सहयोग गर्नुभएको छ, उनले भने, ‘सेवालाई प्रभावकारी बनाउन अस्पताल प्रशासनले महत्वपूर्ण भूमिका खेलने छ ।’

सरकारको मापदण्डअनुसार सञ्चालन गरिएको र कोभिड केयर युनिटमा समेत सरकारले जारी गरेको मापदण्ड अनुसार नै सञ्चालन हुने सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले बताए । अस्तालले बिरामी र बिरामीको कुरुवालाई लक्षित गरेर निःशुल्क यातायातको व्यबस्था समेत गरेको उनले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ