२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआईसीयु वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम

आईसीयु वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम


नेपालगन्ज–नेपालगन्जको भेरी अस्पतालको आईसीयु वार्डमा कार्यरत चिकित्सक र नर्सहरुलाई क्रिटिकल केयर तालिम संचालन गरिएको छ । कोभिड–१९ बाट सिकिस्त भएर आईसीयु वार्डमा भर्ना भएका बिरामीहरुको उपचारलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन तालिम संचालन गरिएको हो ।

तालिमका क्रममा आईसीयु वार्डमा कार्यरत चिकित्सक र नर्सहरुलाई क्रिटिकल केयरमा रहेका बिरामीहरुको उपचार गर्दा ध्यान दिनुपर्ने सैद्धान्तिक र ब्यवहारिक ज्ञानका साथै बिरामीहरुको उपचारमा प्रयोग हुने मोनिटर सि— प्याप, भेन्टिलेटरलगयातका उपकरणहरु चलाउने तरिकाहरु सिकाइने भेरी अस्पताल आईसीयु वार्डका प्रमुख डा. पारस पाण्डेले बताए ।

पछिल्ला दिनहरुमा कोभिड–१९ का नयाँ संक्रमित बिरामीहरुको संख्या घटदै गएपनि स्वास्थ्य अवस्था सिकिस्त भएर नेपालगन्जको भेरी अस्पतालमा छिमेकी जिल्लाहरुबाट आउने बिरामीको संख्या बढ्दै गएको छ । अहिले पनि भेरी अस्पतालमा कोभिड–१९ का ८८ जना बिरामीको उपचार भइरहेको छ ।

सिकिस्त अवस्थामा आइपुगेका बिरामीलाई आईसीयु वार्डमा भर्ना गरेर उनीहरुको उपचारलाई थप प्रभावकारी बनाउन क्रिटिकल केयर तालिमले सहयोग पुग्ने विश्वास गरिएको छ ।

आईसीयु वार्डमा कार्यरत स्टाफ नर्स र चिकित्सकहरुको कार्यक्षमता बढाउन सक्दा बिरामीको मृत्युदर घटाउन सहज हुने विज्ञहरुले बताउँदै आएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ