२०८० चैत्र २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा १४ हजारलाई भेरोसेल खोप दिइदैं, ६९ वटा खोप केन्द्रका लागि जनशक्ति परिचालन

रुपन्देहीमा १४ हजारलाई भेरोसेल खोप दिइदैं, ६९ वटा खोप केन्द्रका लागि जनशक्ति परिचालन


बुटवल-रुपन्देहीमा १४ हजार लक्षित उमेर समूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप दिइदैंछ । चीनको अनुदानमा आएको खोपको पहिलो डोज रुपन्देहीमा पनि लगाउन लागिएको हो ।

जिल्लाका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि खोप दिन लागिएको जिल्ला स्वास्थय कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । ‘यो खोप ६२ देखि ६४ वर्ष उमेर समूहका लागि आएको छ । अहिले लक्षित उमेर समूहलाई दिँदैछौँ, उनले भने, ‘अन्य छुटेकाहरुका लागि पनि निरन्तर रुपमा खोप लगाउँदै जाने योजना छ ।’

रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समुहका १४ हजार २ सय ५५ जनालाई खोप लगाउने तयारी छ । सामाजिक दूरी कायम होस् भन्नका लागि जिल्लाभरमा ६९ वटा खोप केन्द्र निर्धारण गरिएको छ । जसका लागि आवश्यक जनशक्ति परिचालन गरिएको उनले बताए ।

‘जनस्वास्थ्यका मापदण्डसहित स्थानीय पालिकाहरुसँगको समन्वयमा काम भैरहेको छ,’, उनले भने ।

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्र्मी, सञ्चारकर्र्मीलगायतलाई कोभिड १९ विरुद्धको खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ वर्ष माथिकाले लगाएका थिए । यद्यपी उक्त खोपको दोस्रो डोज खोप अझै लगाउन पाएका छैनन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ