२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआनी छोइङ डोल्मा फाउन्डेसनले दिने स्वास्थ्य सामाग्रीका लागि तिलोत्तमा नगरपालिका छनोट

आनी छोइङ डोल्मा फाउन्डेसनले दिने स्वास्थ्य सामाग्रीका लागि तिलोत्तमा नगरपालिका छनोट


बुटवल – आनी छोइङ डोल्मा फाउन्डेसन काठमाडौं र प्रारम्भ सामाजिक संस्था ललितपुरले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई छनोट गरेको छ ।

तिलोत्तमा नगरपालिकाले कोभिड-१९ नियन्त्रणका लागि अवलम्बन  गरेको रणनीतिले सकारात्मक सन्देश दिएको भन्दै फाउन्डेसन र सामाजिक संस्थाले स्वास्थ्य सामाग्री प्रदान गर्न तिलोत्तमालाई छनोट गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमाका लागि संस्थाबाट स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने निर्णयमा पुगेको फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले बताइन् । ‘तिलोत्तमा नगरपालिकाले गरेको कार्यलाई हामी नजिकबाट हेरिरहेका थियौ । यहाँ अबलम्बन भएको रणनीति सकारात्मक देखियो,’ डोल्माले भनिन्, ‘त्यसैले स्वास्थय समाग्री बोकेर हामी यहाँ आएका हौँ ।’

फाउन्डेसन र प्रारम्भ सामाजिक संस्थाले एउटा भेन्टिलेट र अक्सिजन कन्सन्ट्रेटर तिलोत्तमामा नगरपालिकालाई प्रदान गरेको छ । स्वास्थ्य उपकरण ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उपलव्ध भएका स्वास्थय सामाग्रीहरुलाई नगरपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा व्यवस्थापन गर्ने बताए ।

उनले उपलब्ध स्वास्थ्य उपकरणले कोभिड-१९ बाट संक्रमित बिरामीहरुलाई थप उपचारमा सघाउ पुग्ने विश्वास लिए । संस्थाहरुबाट प्राप्त स्वास्थय उपकरणलाई अधिकतम बिरामीको हितमा प्रयोगमा ल्याइने नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी बताउँछिन् । ‘हामी उपलब्ध भएका उपकरणहरुको उचित व्यवस्थापन गरेर बिरामीलाई अधिकत्तम लाभ दिने प्रयास गर्नेछौँ,’ उनले भनिन् ।

मानवीय भावनाले सहयोग हुनु र तिलोत्तमा नगरपालिका छनोटमा पर्नु यहाँको कार्यशैलीको मुल्यांकन नै भएको महसुस गरेको नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्रीले बताए । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका प्रोजक्ट डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीनाथ तिमल्सेना, प्रारम्भ समाजिक संस्थाका सदस्य सुनैना थापा, समाजसेवी विष्णु भुसाल , तिलोत्तमाको बारेमा नगरपालिकाका प्रवक्ता  सुरेन्द्र श्रीलगायतले बोल्दै नगरपालिकाको प्रयास अनुकरणीय रहेको बताएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ