२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९ का बिरामीको संख्या कम हुँदै गएपछि भिम अस्पतालमा नियमित सेवा सुचारू

कोभिड-१९ का बिरामीको संख्या कम हुँदै गएपछि भिम अस्पतालमा नियमित सेवा सुचारू


बुटवल—रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालले नियममित सेवा सुचारु गरेको छ । अन्य सेवाहरु स्थगन गरेर कोभिड १९ का बिरामीको उपचार गरिरहेको अस्पतालले नियमित सेवाहरु दिन सुरु गरेको हो । रुपन्देहीमा कोभिड—१९ का बिरामीको संख्या कम हुँदै गएपछि नियमित सेवाहरु सुचारु गरिएको अस्पतालका सुचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए ।

यसअघि रुपन्देहीमा कोरोनाको दास्रो लहर समुदायमा स्तरमा फैलिन थालेपछि अस्पताललाई पूर्ण कोभिड अस्पतालमा रुपान्तरण गरिएको थियो । कोभिड—१९ का बिरामीको संख्या अत्याधिक भएपछि प्रदेश सरकारले ६ बैशाखदेखि भिम अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गर्ने निर्णय गरेको थियो । कोरोनाका बिरामीको उपचारमा सम्पूर्ण जनशक्ति परिचालन गरिएको थियो ।

अस्पताललाई पूर्ण कोभिड—१९ अस्पताल बनाउँदा दुर्घटनाका घाइते, सर्पदंशका घाइते, प्रसुती सेवाजस्ता अति आवश्यकीय सेवाबाट स्थानीय बन्चित थिए । अस्पतालमा जनरल इर्मेजेन्सीमा दैनिक २ को हाराहारीमा स्वास्थ्य सेवा लिने गर्दछन् । अस्पतालमा बालरोग विशेषज्ञ सेवा, महिला तथा प्रसुति विशेषज्ञ सेवा, जनरल फिजिसियन तथा आँखा सम्बन्धी विशेषज्ञ सेवा छन् ।

हाल यस अस्पतालमा कोभिडका २८ जना बिरामी उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आईसियुमा, पाँच जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ । यस्तै १८ जनाको एचडियु र एक जना कोभिड—१९ का सामान्य बिरामीको उपचार भइरहेको डा. पाण्डेले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ