२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशआक्रमणको घटनामा संलग्नहरु तीनै जनालाई जनही ५०/५० हजार धरौटीमा छाड्ने आदेश

आक्रमणको घटनामा संलग्नहरु तीनै जनालाई जनही ५०/५० हजार धरौटीमा छाड्ने आदेश


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने घटनामा संलग्न ब्यक्तिलाई जिल्ला अदालत बाँकेले जनही ५०/५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।

आइतबार जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलाशले आक्रमणमा संलग्न अभियुक्तहरु मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई जनही ५०/५० हजार धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत बाकेका स्रेस्तेदार तीर्थराज भट्टले जानकारी दिए ।

१३ जेठमा स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङ तुल्सीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतले भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे, अस्विनी गुरुङ, रीता भण्डारी भावना श्रेष्ठ, कविता पुन, चन्द्र प्रकाश साहु, दीपक गुप्ता र समा अन्सारीमाथि आक्रमण गरेका थिए ।

आक्रमणको घटनापछि बाँके प्रहरीले तीनै जना अभियुक्तहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।

घटनाको छानविनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गठन गरेको सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको नेतृत्वको छानविन समितिले घटनामा संलग्न ब्यक्तिलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ