२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपहिलो डोज कोभिड-१९ विरुद्धको खोप लगाएका वडाध्यक्षको संक्रमणबाट मृत्यु

पहिलो डोज कोभिड-१९ विरुद्धको खोप लगाएका वडाध्यक्षको संक्रमणबाट मृत्यु


बुटवल-कोभिड-१९ का कारण बुटवलमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । मंगलवार बुटवल उपमहानगरपालिका-१८ का वडा अध्यक्ष हुमनाथ आचार्यको मृत्यु भएको हो ।

७२ वर्षीय आचार्यको काठमाडौंको ह्याम्स अस्पतालमा कोभिड-१९ को उपचारकै क्रममा मृत्यु भएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पुष्टि गरे ।

कोभिड १९ को संक्रमणपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भए पनि एक हप्ता अघि परिवारले थप उपचारका लागि काठमाडौं लगेका थिए ।

वडाध्यक्ष शर्माले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका थिए । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ