२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पतालमा ज्वरोका बिरामी बढे, बेड नपुगेपछि भुँइमै राखेर उपचार

अस्पतालमा ज्वरोका बिरामी बढे, बेड नपुगेपछि भुँइमै राखेर उपचार


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा ज्वरो आएर उपचारका लागि आउने बिरामीको संख्या ह्वातै बढेको छ । ज्वरोका बिरामीहरुको संख्या बढ्दै गएपछि अस्पतालको इमर्जेन्सी वार्डमा बेड नपुगेपछि बिरामीहरुलाई भुँइमै राखेर उपचार गर्न थालिएको छ ।

भेरी अस्पतालको इमर्जेन्सी वार्डमा १६ बेड छन । ती सबै बेड बिरामीहरुले भरिएका छन् । बिरामी र बिरामीका आफन्तहरुका कारण अस्पताल परिसरमा भिडभाड बढेको छ ।

ज्वरो आउने, टाउको दुख्ने लक्षण भएका बिरामीहरुको संख्या पछिल्लो एक सातादेखि बढ्दै गएको छ । इमर्जेन्सी वार्डमा मात्रै दैनिक २५/३० जना सम्म ज्वरोका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । उनीहरुमा देखिएको स्वास्थ्य समस्या कोभिड–१९ सँग मिल्दोजुल्दो छन् ।

ज्वरो आएका बिरामीहरुको पिसिआर परिक्षण गर्नुका साथै अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ । गर्मी मौसममा धेरै कारणले मासिनहरुलाई ज्वरो आउन सक्छ । अस्पतालमा आएका कतिपय बिरामीहरुमा भाइरल ज्वरो, डेंगु, स्क्रब टाइफससमेत देखिएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।

पछिल्ला दिनहरुमा बाँकेमा कोभिड–१९ संक्रमणका केसहरु पनि बढ्दै गएका छन् । दैनिक ३० देखि ४० जनासम्म कोभिडका नयाँ संक्रमितहरु थपिने गरेका छन् । भेरीको ओपिडीमा दैनिक ३ देखि ४ सय र इमर्जेन्सीमा दैनिक १ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार
ट्याग : #इमर्जेन्सी वार्ड, #ज्वरो, #डेंगु, #फिजिसियन डा. राजन पाण्डे, #भुँइमै राखेर उपचार, #भेरी अस्पताल, #स्क्रब टाइफस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ