२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ?

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु हटाइए, नयाँ मेसु को होला ?


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल हटाइएका छन् । बुधबार विहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खनाललाई मेसुबाट हटाएको हो ।

प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठको प्रस्तावमा डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

डा. खनाल २०७६ मंसिरदेखि लुम्बिनी प्रादेशिक अस्पतालका मेसु थिए । उनको ठाउँमा डा. इन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसु बनाउने प्रस्ताव गरिएको छ । डा. ढकाल हाडजोर्नी विशेषज्ञ हुन् । तर, उनी नै मेसु बन्ने नबन्ने निश्चित भने भइसकेको छैन ।

यस्तै,  आइसोलेसन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने र कार्यरत स्वास्थ्यकर्मीको म्याद थपको निर्णय पनि प्रदेश क्याबिनेटले गरेको छ ।  स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)