२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबिएनएमटीद्वारा बाँकेका स्वास्थ्य संस्थालाई ७ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

बिएनएमटीद्वारा बाँकेका स्वास्थ्य संस्थालाई ७ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण


नेपालगन्ज—विराट नेपाल मेडिकल ट्रस्ट (बिनएमटी)ले बाँके जिल्लाका १० वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले ट्रस्टले स्वास्थ्य कार्यालय बाकेसँग समन्बय गरेर पीपीई सेट, केएन ९५ माक्स, फेससिल इक्जामिनेशन ग्लब्स, हेन्ड सेनिटाइजर हाइजिन किट र सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

ट्रष्टको क्षेत्रीय कार्यालयका प्रतिनिधि राजेशकुमार यादवले जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई करिब ७ लाख बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका हुन् । ती स्वास्थ्य सामाग्रीहरु लक्ष्मणपुर, बनकटुवा, खजुरा, बनकट्टी, उदयपुर, महादेवपुरी, चिसापानी, कोहलपुर स्वास्थ्य केन्द्रका साथै टिबी नेपाल र जमुनाहा हेल्थ डेक्सलाई वितरण गरिने छ ।

ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । पछिल्ला दिनहरुमा चुनौतीपूर्ण बन्दै गएको कोभिड–१९ संक्रमण नियन्त्ररणमा सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको ट्रष्टका प्रतिनिधि यादवले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #विराट नेपाल मेडिकल ट्रस्ट


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ