२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभिम अस्पतालमा सहमतिपछि स्वास्थ्यकर्मीको अनशन तोडियो

भिम अस्पतालमा सहमतिपछि स्वास्थ्यकर्मीको अनशन तोडियो


बुटवल—आमरण अनशनमा बसेका भिम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । अस्थायी कर्मचारीहरुको ग्रेड, तलब र अन्य सुविधाहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग सहितको आमरण अनशन बिहिबार तोडिएको हो ।

दुई पक्षबीचको छलफलबाट सहमति जुटेपछि अनशन तोडिएको अनशनरत कर्मचारी गोपाल उपाध्यायले बताए । उनी तीन दिनदेखि अनशनमा बसेका थिए ।

अनशनरत कर्मचारीको माग सम्बोधन गर्न अस्पताका डा. बद्री बैदवारको संयोजकत्वमा ३ सदस्यीय समस्या समाधान समिति समेत गठन गरिएको छ । समितिले माग सम्बोधनका लागि पहल लिनेछ । जसमा गोविन्दबहादुर ज्ञवाली र अनशनरत गोपाल उपाध्याय पनि सदस्य छन् । यो समितिले ७ दिनभित्र अस्पताल ब्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनको आधारमा अस्थायी कर्मचारीहरुको ग्रेड, तलब र अन्य सुविधाहरु प्रदान गर्ने सहमति भएको उपाध्यायले बताए ।

आन्दोलनरत् पक्ष, अस्पताल व्यवस्थापन समिति, मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको उपस्थितिमा सहमति भएको हो । अस्पताल प्रशासनले माग गरेको स्पष्टिकरण भने फिर्ता लिने भएको छ । सहमति भएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले उपाध्यायलाई जुस खुवाएर अनशन तोडाएकी थिइन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ