२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्यान्सर अस्पताल खजुरामा मुटुरोग उपचार शिविर

क्यान्सर अस्पताल खजुरामा मुटुरोग उपचार शिविर


नेपालगन्ज—सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले मुटुरोगका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा पु¥याउने उद्देश्यले शहीद गंगालाल  हृदयरोग केन्द्रसँग सहकार्य गरेर बाँकेको खजुरामा पहिलो मुटुरोग उपचार शिविर संचालन गरेको छ ।

शिविरमा शहीद गंगालाल ह्दयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुर डिएम कार्डियोलोजीले बिरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए ।

काठमाडौंका बरिष्ठ मुटुरोग विशेषज्ञ क्यान्सर अस्पतालमा आउने खबर पाएपछि बाँकेको खजुरालगायत छिमेकी जिल्लाहरुबाट समेत सयौको संख्यामा बिरामीहरु मुटुरोग शिविरमा पुगेका थिए ।

क्यान्सर रोगको उपचारका क्रममा दिइने किमो थेरापीका कारण मुटुमा पनि असर पर्ने जोखिम धेरै हुन्छ । किमो थेरापीका कारण बिरामीहरुको मुटुमा परेको असर जाँच गर्नका लागि पनि मुटु शिविर संचालन गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए ।

त्यसैगरी सूर्ति, मदिरा धेरै खाने र ब्यायाम नगर्ने ब्यक्तिहरुमा पनि मुटुरोग सम्बन्धी समस्या धेरै हुन्छ । मुटुरोगका बिरामीका लागि लक्षित गरेर संचालन गरिएको एक दिने मुटुरोग शिविरमा करिब १ सय ५० जना बिरामीहरुको निःशुल्क मुटुको चेक जाँच गरिएको छ ।
त्यसैगरी मुटुरोगका पुराना बिरामीहरुका लागि ५० प्रशित छुटमा इको चेक गरिएको छ ।

सरकारी अस्पतालहरुमा मुटुका बिरामीहरुको इको जाँच गर्दा १७ सय शुल्क लाग्छ । निजी अस्पतालहरुको इको जाँचको ३ हजारसम्म शुल्क लिन्छन् । मुटुरोग शिविरमा ८ सय ५० मा विशेषज्ञ चिकित्सकबाट इको जाँच गरिएको छ ।

क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सक नभएका क्यान्सरसँग सम्बन्धित विभिन्न रोगका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले क्यान्सर अस्पतालले काठमाडौंका विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ