२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपहाडी जिल्लाहरुमा भाइरल ज्वरोको प्रकोपः अर्घाखाँचीमा बेड अभाव

पहाडी जिल्लाहरुमा भाइरल ज्वरोको प्रकोपः अर्घाखाँचीमा बेड अभाव


बुटवल–प्रदेश ५ का पहाडी जिल्लाहरुमा भाइरल ज्वरो प्रकोपको रुपमा देखा परेको छ । भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला स्थित अस्पतालहरुमा बिरामीको चाप समेत बढेको छ । जिल्लामा रहेका ठूला अस्पतालहरुमा बिरामीको चापका कारण एउटा बेडमा दुई तीन जनासम्म राखेर उपचार हुने गरेको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा पनि भाइरल ज्वरोबाट प्रभावित बिरामीको चाप बढेपछि अस्पताल नै अस्तव्यस्त बनेको छ । १५ शैय्याको जिल्ला अस्पतालमा भाइरलका बिरामी राख्ने ठाउँ नभएपछि बिरामीलाई अस्पतालको गल्लीमा राखेर उपचार गरिएको छ ।

अस्पतालको ओपीडीमा अहिले दैनिक २ सयभन्दा बढी र इमर्जेन्सीमा दैनिक ८५ जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेको अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बताउँछन् । ‘अस्पतालमा विरामीको संख्याका कारण उपचारमा समस्या भैरहेको छ । बेडको समेत समस्या हुने गरेको छ,’ उनले भने ।

जिल्ला अस्पतालमा मात्रै होइन जिल्लाका निजी अस्पताल तथा क्लिनिकहरुमा पनि भाइरल जरोका विरामीको संख्या बढेको छ ।

उता पहाडी जिल्ला पाल्पामा पनि भाइरल ज्वरोका विरामीहरुको संख्या वृद्धि भएको छ । पाल्पामा भाइरल ज्वरोका बिरामी दैनिक बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरोका बिरामीहरूको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । जिल्ला अस्पतालमा दैनिक ७५ को संख्यामा भाइरलका विरामी उपचारका लागि अस्पताल आउने गरको उनले बताए ।

त्यस्तै, गुल्मीका पनि भाइरल ज्वरोका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । दैनिक रुपमा बिरामीको चाप बढेसँगै उपचारमा समेत समस्या हुने गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ