२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदामियन फाउन्डेशनद्वारा १० वटा अस्पताललाई स्वास्थ्य उपकरण र सामाग्री सहयोग

दामियन फाउन्डेशनद्वारा १० वटा अस्पताललाई स्वास्थ्य उपकरण र सामाग्री सहयोग


नेपालगन्ज—टिबी र कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको दामियन फाउन्डेशनले कोभिड—१९ संक्रमित बिरामीहरुको उपचारमा आवश्यक करिब १ करोड ४० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

फाउन्डेशनले बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न १० वटा अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर, मोनिटर, अक्सिमिटर, पीपीई, मास्क, ग्लोब्स, साबुन, स्यानिइटाजर, तथा डिग्नीटी किटलगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

तीन वटै प्रदेशका अस्पतालहरुमा पुगेर फाउन्डेशनले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको फाउन्डेशनका नेपाल प्रमुख डा. सुशील कोइरालाले हस्तान्तरण गरेका थिए ।

संक्रमित बिरामीको उपचारका क्रममा आवश्यक पर्ने स्वास्थ्य उपकरणका साथै स्वास्थ्यकर्मी, बिरामी र बिरामीका आफन्तहरुका आवश्यक पर्ने सामाग्रीहरु फाउन्डेशनले उपलब्ध गराएको हो ।

फाउन्डेशनले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नेपालगन्जस्थित भेरी अस्पताल, टिबी नेपाल नेपालगन्ज, आइएएनएफ बाँके, सुशील कोइराला क्यान्सर अस्पताल बर्दिया जिल्ला अस्पताल गुलरिया, लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र कैलाली, सेती अस्पताल धनगढी, महाकाली अस्पताल कञ्चनपुर, धरमपुर सहरी स्वास्थ्य क्लिनिक कञ्चनपुर, बेदकोट नगरपालिका, डडेल्धुरा अस्पतालमा पनि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, सिद्धार्थ चिल्ड्रेन आम्दा अस्पताल बुटवल, नयाँ जीवनका लागि हातेमालो भन्ने कुष्ठरोगमा काम गर्ने गैरसरकारी संस्था, कपिलवस्तु जिल्ला नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल, पश्चिम नवलपरासीको चिसापानी अस्पताल बर्दघाट, पृथ्वीचन्द्र अस्पताल परासी, र चितवनको भरतपुर अस्पताललाई स्वास्थ्य उपकरण र सामाग्रीहरु प्रदान गरिएको डा. कोइरालाले बताए ।

दामियन फाउन्डेशनले प्यासेन्ट मोनिटर ४७ वटा, पीपीई १९३४ वटा, अक्सिन कन्सन्टेटर १० लिटरको १४ वटा र ५ लिटरको १३ वटा वितरण गरिएको छ ।

डिग्नीटी किट ९ सय ३० वटा, ग्लोब्स २० हजार ४ सयवटा, सेनिटाइजर ५ सय एमएलको १ हजार ३४० वटा, साबुन ७ हजार १२० वटा वितरण गरिएको फाउन्डेशनले जनाएको छ । यस्तै सीपीएपी मास्क ८८, सर्जिकल मास्क ८८ हजार, पल्स अक्सिमिटर ५६, रेडकलर फेवरिक व्याग, २ हजार ७८० वटा वितरण गरिएको समेत डा. कोइरालाले जानकारी दिए ।

फाउन्डेशनले नवलपुर र डडेल्धुरामा टिबी र कुष्ठ रोगका विरामीहरुको उपचार हुने भवनमा कोरोनाको महामारीका बेला आइसोलेसन सेन्टरको बनाएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ