२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्दै तिलोत्तमामा

ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्दै तिलोत्तमामा


बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो ।

सोमबार कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरिरहेको बताउँदै उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर यो कार्यक्रम सुरु गरिएको बताए ।

कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । ‘नियमित परीक्षण तथा औषधोउपचारका लागि अभियान संचालन गरिएको छ,’ उनले भने ।

नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणका साथैं निःशुल्क औषधी र आवश्यक परामर्श उपलब्ध गराउने जनस्वास्थ्य निरीक्षक भट्टराईले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकबाट अभिमुखीकरण गराएर कार्यक्रम सुरु गरेको हो । तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ