२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरोटरी मेडिको फ्युजनको वेवसाइड सञ्चालनमा

रोटरी मेडिको फ्युजनको वेवसाइड सञ्चालनमा


बुटवल—रोटरी ई–क्लब अफ मेडिको फ्युजन हाइब्रिड नेपालको वेबसाइट सञ्चालनमा आएको छ । क्लबका विभिन्न गतिविधिहरुको साथैं अन्य उपयोगी सामाग्रीहरु जनसमक्ष पु¥याउने उद्देश्यले आफ्नो अलग्गै वेवसाइड सञ्चालनमा ल्याइएको हो क्लवले जनाएको छ । क्लवको डोमेन डब्लुडब्लुडट आरसिमेडिकोफ्युजन डट ओआरजी रहेको छ ।

क्लबका अध्यक्ष रोटेरियन डा. सन्तोष पोखरेलको अध्यक्षमा हालै एसेम्लीमा प्रमुख अतिथि रोटरीका सहायक गभर्नर राजेन्द्र कार्कीले वेबसाइटको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथी कार्कीले क्लवले सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गरे । त्यस अवसरमा क्लबले गरेका विभिन्न समाजसेवाका कार्यक्रममा कार्यक्रम संयोजकको भूमिका निभाएका रोटरी मेडिको फ्युजनका सदस्यहरुलाई प्रशंसाको टोकन ‘प्रशंसाको चिनो’ पनि प्रदान गरिएको थियो ।

उक्त क्लब एसेम्बलीमा तीन जना डाक्टरको जोडीले नयाँ सदस्यको रूपमा सदस्यता लिए । रोटरी मेडिको फ्युजनको नयाँ सदस्यमा डा. साहिल भुसाल, श्रीमती निराशा पाण्डे, डा. मधुसुधन श्रेष्ठ, डा. कृति श्रेष्ठ, डा. सुमन पौडेल, डा. आकृति बानियाँ छन् । विश्वमै नमुना रोटरी क्लबको रूपमा रहेको रोटरी ई–क्लब अफ मेडिको फ्युजनमा विवाहित जोडी नै सदस्य हुनुपर्ने कुरा विधानमैं उल्लेख छ । सदस्य हुनेहरु श्रीमान/श्रीमतीमध्ये कम्तिमा एकजना डाक्टर हुनुपर्ने हुन्छ ।

स्थापना कालदेखि विभिन्न समाजसेवा र चेतनामूलक काम गर्दै आएको रोटरी मेडिको फ्युजनले जथाभावी नथुकौ अभियान, स्वास्थ्यकर्मीलाई तनाव व्यवस्थापन तालिम, पुनःस्थापना केन्द्रमा हेपाटाइटिस चेकअप तथा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श, पत्रकाहरुलाई आत्महत्याको विषयमा संवेदनशील रिपोर्टिङ तालिमलगायतका धेरै सामाजिक कार्यहरु गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ