२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशहेल्थ डेक्सका १० जना स्वास्थ्यकर्मी संक्रमित, सीमा नाकामा कोभिड परीक्षण गर्ने जनशक्ति अभाव

हेल्थ डेक्सका १० जना स्वास्थ्यकर्मी संक्रमित, सीमा नाकामा कोभिड परीक्षण गर्ने जनशक्ति अभाव


नेपालगन्ज—नेपालगन्जको जमुनाहा नाकामा खटिएका २० जना स्वास्थ्यकर्मीमध्ये १० जनालाई कोभिड–१९ संक्रमण भएपछि सीमा नाकामा हुँदै आएको कोभिड परीक्षण कार्य प्रभावित भएको छ ।

ल्याब टेक्निसियनसहित १० जना स्वास्थ्यकर्मी संक्रमित भएका कारण जमुनाहा नाकामा गरिदैं आएको परीक्षणको संख्या आधा घटेको छ ।

२० जना जनशक्ति हुँदा दैनिक ७ सय ६६ जनासम्मको परीक्षण हुने गरेकोमा जनशक्ति कम भएका कारण पछिल्ला दिनहरुमा २ सयदेखि ३ सय जनासम्मको मात्रै परीक्षण हुने गरेको छ । पछिल्ला दिनहरुमा सीमा नाकामा एन्टिजेन चेकजाँच गर्दा करिब ७ प्रतिशतमा संक्रमण देखिने गरेको छ ।

जनशक्ति अभावका कारण परीक्षण प्रभावित भएपनि हालसम्म थप जनशक्तिको ब्यवस्थापन नभएको हेल्थ डेक्सका ल्याब टेक्निसियन चिरन्जीवी ज्ञवालीले बताए ।

पछिल्लो समय बाँकेमा कोभिड–१९ संक्रमितहरुको संख्या बढेसँगै अस्पतालहरुमा पनि संक्रमित बिरामीको चाप बढ्न थालेको छ । भेरी अस्पतालको आइसोलेसन वार्डमा १८ जना उपचाररत छन् ।

संक्रमितहरुको संख्या बढेसँगै नेपालगन्ज उप–महानगरपालिकाले नेपालगन्जमा ५० बेडको आइसोलेसन सेन्टर पुनः संचालन गरेको छ । नगरपालिकाको आइसोलेसन सेन्टरमा अक्सिजन र स्वास्थ्यकर्मीसहित संक्रमितहरुलाई बस्ने खाने व्यवस्था मिलाइएको नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ