२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यओमिक्रोन वा मौसमी फ्लू कसरी छुट्याउने ?

ओमिक्रोन वा मौसमी फ्लू कसरी छुट्याउने ?


कोभिड-१९को तेस्रो लहर ओमिक्रोन आएपछि एकपटक पुन : विश्वको जनजीवन प्रभावित बनेको छ। नेपाललगायत धेरै देशले यो घातक भेरियन्टको सामना गरिरहेका छन्। ओमिक्रोनका लक्षणहरूलाई गम्भीर रूपमा नलिएपनि  यो सबै पुरानो भेरियन्टहरूको तुलनामा सबैभन्दा संक्रामक रहेको विज्ञहरु सुझाउदै आएका छन्। यसका साथै कोभिड खोपको दुवै डोज लगाएका व्यक्तिमा पनि लक्षणहरू देखिरहेको छ ।

जाडोयाम पनि बढिरहेको अवस्थामा बिरामीहरुमा देखिरहेको रुघाखोकी र ज्वरो सिजनल हो वा कोभिडको नयाँ भेरियन्टका रुप भन्ने विषयमा व्यपाक चर्चामा रहेको देखिन्छ । यसै विषयमा केन्द्रित रहेर लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका कोरोना फोकल पर्सन डा. नन्दु पाठकसँग  हेल्थ आवाजका लागि डी आर बन्जाडेले गरेको कुराकानी:

१) पछिल्लो समय जुन संक्रमण देखिएको छ, बिरामीहरु पनि बढी रहेका छन् । यो सिजनल हो वा कोभिडको नयाँ भेरियन्टका रुपमा चर्चामा रहेको ओमिक्रोन हो ?

-अहिले सिजनल फ्लूको पनि सिजन भएको हुँदा फूलुका विरामी पनि हुनुहुन्छ । र कोभिड कै नयाँ भेरियन्ट ओमिक्रोनका बिरामी पनि हुनुहुन्छ । समग्रमा दुवै खाले बिरामी हामी कहाँ आउने गुर्नभएको छ । दुबै खाले बिरामी लगभग बराबरीको अवस्थामा हुनुहुन्छ ।

२) ओमिक्रोन हो वा सिजनल फ्लू भनेर बिरामीले वा बिरामीको आफन्तले कसरी छुट्टाउने ? लक्षणका आधारमा छुट्टाउन सकिने अवस्था हुन्छ ?

सुरुवाती लक्षण चाहि दुबैमा एउटै खालको हुन्छ । जिउ दुख्ने, ज्वरो आउने, रुघा लाग्ने, घाँटी दुख्ने । तर, घाँटी दुख्ने समस्या र जिउ दुख्ने समस्या चाहि ओमिक्रोनमा अलि बढी हुन्छ । घाँटी दुख्ने, जिउ दुख्ने र ढाड दुख्ने समस्या ओमिक्रोनमा बढी हुने गर्दछ । यी तीनवटा समस्या बढी देखिन्छ । अर्को कुरा ओमिक्रोनको परिवारमा फैलने क्रम फ्लुको भन्दा अलि बढी नै हुन्छ । केही दिन पछि ओमिक्रोनका बिरामीहरुलाई श्वास फेर्न गाह्रो हुने, खोक्दा पहेलो खफ आउने र खोकीमा रगत देखिने जस्ता समस्या देखिन्छन् । भने, फ्लुमा तीनदिनसम्म लक्षण बढ्दै जान्छ । जस्तो की रुघाखाकी, ज्वरो नाकबाट पानी बग्ने जस्ता लक्षणहरु तीनदिन पछि घट्दै जान्छ । यी लक्षणको प्रकृति हेरेर पनि ओमिक्रोन हो वा सिजनल फ्लु हो भनेर छुट्टाउन सकिन्छ ।

३) सिजनल फ्लुको संक्रमणदर कम तर ओमिक्रोनको अत्याधिक संक्रामक छ भन्न सकिन्छ ?

हो, ओमिक्रोन संक्रामक छ । यसको संक्रमण हुने दर बढी छ । सिजनल फ्लुको कम छ । सुरुवाती लक्षण दुबैमा एउटै जस्तो देखिए पनि केही दिन पछि लक्षण फरक हुँदै जान्छ । ओमिक्रोनमा घाँटी दुख्ने र शरीर दुख्ने र ज्वरो आउने समस्या बढी हुन्छ ।

४) ओमिक्रोन संक्रमक बढी नै भए पनि घातक कम छ भन्ने गरी चर्चा भैरहेको पाइन्छ । खास अवस्था के हो ?

यसमा म्युटेशन भाइरसमा हुँदै डेल्टा हुँदै ओमिक्रोन भएको हो । विभिन्न भेरियन्ट हुँदै भाइरसको स्वरुप परिवर्तन भएर ओमिक्रोन देखिएकोे हो । ओमिक्रोनको यति धेरै म्यूटेशन भयो की संक्रामक क्षमता धेरै भयो तर, शरीरमा असर पार्ने क्षमता भने कम देखियो । अरु भेरियन्टमा जुन प्रकारको असर देखिने गर्दथ्यो, अक्सिजनको कमी हुने, निमोनिया हुने, यसमा त्यस्तो देखिएको छैन ।

सामान्यतया पाँच दिनमा निको हुने देखिएको छ । तर, जुन व्यक्तिले भ्याक्सिन लगाएको छैन, उनीहरुलाई भने ओमिक्रोन पनि अन्य भेरियन्ट जस्तै घातक देखिएको छ । जस्तोकी जेष्ठ नागरिक, दीर्ग रोगी, क्यान्सरको औषधी सेवन गरिरहेका, किड्नीको समस्या भएका तथा अङ्ग प्रत्यारोपण गरेकाहरुका लागि भने यो घातक मानिएको छ र देखिएको पनि छ ।

५) पूरा मात्रा खोप लगाएकाहरुका लागि बुस्टर डोज लगाउनु पर्छ भनिएको छ । बुस्टर डोज नलगाएका तर पुरा मात्रा खोप लगाएकाहरुलाई ओमिक्रोन भेरियन्ट कत्तिको असरदार हुन्छ ?

– खोप लगाइसेकाहरुको पनि बुस्टर डोज नलागाए पनि एन्टिवडी त शरीरमा छ । तर एन्टिवडीको मात्रा क्रमशः घट्दै जाने हो । एकै पटक निल भएर जाने त होइन । बुस्टर डोज हामी भर्खर त सुरु गरेका छौँ तर ओमिक्रोन आएको त धेरै भैसक्यो । तर, भ्याक्सिन लगाएकाहरुलाई अहिले सम्म भर्ना गरेता पनि अक्सिजन दिनु पर्ने, भ्यान्टिलेरमा राख्नु परेको देखिएको छैन् । त्यसले गर्दा पहिले लगाएको भ्याकसिनले राम्रो काम गरेको देखिएको छ ।

६) बुस्टर डोज लगाउनका लागि दोस्रो मात्रा लगाए पछि कति समय उपयुक्त हुन्छ ?

बुस्टर डोज लगाउन ४ देखि ६ महिनाको समय उपयुक्त हुन्छ । पछिल्लो समयको अध्ययनले ६ देखि ९ महिनामा क्रमश: एन्टिबढी घट्दै जाने हुनाले छ महिना पछि लगाउनुपर्छ भन्ने गरी काम सुरु भएको छ । ४ महिनाको अवधि सम्म अघिल्लो खोपले नै एन्टिबढी तयार गर्ने हुनाले अर्को डोज दिइरहुन पर्ने हुँदैन, भन्ने हो । जब एन्टिबढी कम हुँदै जान्छ तव बुस्टर डोज दिँदा राम्रो हुन्छ ।

७) ओमिक्रोन हो, भन्ने पुष्टी भए पछि संक्रमितले के-के गर्नुपछ ? के कस्ता सावधानीहरु अपनाउनु पर्ला ?

ओमिक्रोन नै हो भन्ने पुष्टी नै गर्न त गाह्रो छ । तर, कोभिड पुष्टी भयो भने स्वास्थ्य मापदण्डका पालनाहरु अनिवार्य रुपमा पालना गर्नुपर्छ । तागतिला खानेकुराहरु खाने, भेन्टिलेटेड कोठामा बस्ने, आइसोलेट हुने जस्ता कुराहरु पालना गर्नुपर्छ । नियमित व्यायम गर्ने, अरुलाई नसरोस् भनेर ध्यान पुर्याउने गर्नुपर्छ । सरकारले जुन कोभिड प्रोटोकल अनुसार गर्नु पर्ने व्यवहार सार्वजनिक गरेको छ ती सबै कडाइका साथ पालना गर्नुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ