२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ औषधी व्यवसायी तथा समाजसेवी पुनको निधन

औषधी व्यवसायी तथा समाजसेवी पुनको निधन


बुटवल—बुटवल क्षेत्रका पुराना औषधी व्यवसायी तथा समाजसेवी खेम पुनको निधन भएको छ । ६० वर्षीय पुनको मष्तिकघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार निधन भएकोे खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

ओमी पुन कल्याणकारी प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा तथा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्दै आएको छ ।

औषधी व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागेर बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

सोमबार हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पु¥याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे अस्पतालले मृत्यु भएको घोषणा गरेको पन्थले बताए । उनी संरक्षक रहेको प्रतिष्ठानले हालसम्म २५ जना चिकित्सक तथा इन्जिनियर उत्पादन गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ