२०८१ माघ २७, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पताल विकास समितिका अध्यक्ष धिताललाई हटाउने तयारी

भेरी अस्पताल विकास समितिका अध्यक्ष धिताललाई हटाउने तयारी

७२ घण्टे लिखित स्पष्टीकरण सोधियो


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पश्चिम नेपालको ठूलो अस्पतालमध्ये एक भेरी अस्पताल विकास समितिका अध्यक्षलाई हटाउने तयारी गरेको छ । १७ चैतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धिताललाई ७२ घण्टे स्पष्टीकरण सोधेका छन् ।

मन्त्रालयले अस्पतालको सर्वागिण विकास, गुणस्तरी सेवा र स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सरल र सुनिश्चित गर्न नसकेको भन्दैं धिताललाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरणमा अस्पतालको काम कारवाहीबाट अस्पतालको क्षमता वृद्धि, सेवा प्रवाहको प्रभावकारिता तथा अस्पताल प्रशासनको व्यवस्थापन एवं सरोकारवालाबाट मन्त्रालय र मन्त्रीसँग गुनासो आएको जनाइएको छ ।

५ वटा प्रश्नहरु सोध्दैं मन्त्रालयले अध्यक्ष धितालाई पदबाट हटाउनुपर्ने कारण नभए लेखेर स्पष्टीकरण पेश गर्न भनेको छ ।

धिताल नेकपा नेतृत्वको सरकारका पालामा भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । उनी नेकपा एमाले निकट हुन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ