२०७९ साउन २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशविवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा


बुटवल—विवादमा तानिएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । दाङ तुलसीपुरस्थित एकजनाको घरमा लफडा गरेर विवादमा आएकी उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् ।

वलीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य सुदर्शन बरालले पुष्टि गरे ।

उनले वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर श्रीमती तथा छोरीलाई कुटपिट गरेको आरोप लागेको छ । तर, उनले त्यो आरोप अस्वीकार गर्दै आएकी छन् ।

यस विषयमा प्रहरीले छानविन गरिरहेकाले वलीमाथि मन्त्रीबाट राजीनामा दिनुपर्ने दबाब परेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)