२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशएम्बुलेन्स संचालनका लागि सांस्कृतिक कार्यक्रम

एम्बुलेन्स संचालनका लागि सांस्कृतिक कार्यक्रम


बुटवल—बुटवलमा आइसीयु/सीसीयु सुविधासहितको एम्बुलेन्स संचालनका लागि सांस्कृतिक कार्यक्रम हुने भएको छ । ६० लाख लागतको आइसीयु/सीसीयु सुविधासहितको एम्बुलेन्स खरिदका लागि रकम संकलन गर्न कार्यक्रम गर्न लागिएको हो ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा अन्य ९ वटा क्लवहरुको सह–आयोजनामा हुने उक्त कार्यक्रममा एक कारोड रकम संकलन गर्ने लक्ष्य राखिएको आयोजक क्लवका अध्यक्ष राजेन्द्र कार्कीले जनाकारी दिए ।

आगमी कार्तिक २३ गते बुटवल मन्डपमा हुने सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक दिनेशराज रेग्मीले बताए । सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरु समेत समाजिक सेवा भावले उपस्थित हुने उनले बताए । ‘हामी एम्बुलेन्स संचालनका लागि कार्यक्रम गर्न लागेका हौं । यसमा सबैको सहयोग भएमा हामी सफल हुने छौं । सहयोग गर्ने प्रतिवद्धता विभिन्न क्षेत्रबाट प्राप्त भएकै छ,’ उनले भने ।

गौतम वुद्ध सामुदायिक मुटु अस्पतालले संचालन गर्ने गरी खरिद गर्न लागिएको एम्वुलेन्समा भेन्टीलेटर, डिपिबेलेटर, मोनिटर, सक्सन, सिरिन्ज पंप जस्ता उपकरणहरु सहितको सेवा हुने गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष यजाज आलमले बताए । ‘हालसम्म बुटवल क्षेत्रमा ‘ग’ वर्गका एम्बुलेन्सहरु संचालनमा छन् । हामीले ‘क’ वर्गको एम्बुलेन्स ल्याउने तयारी गरेका छौ,’ उनले भने ।

‘बृहत सांस्कृतिक कार्यक्रम’को आयोजना गरी संकलन हुने रकमबाट एम्बुलेन्स खरिद गरी मुटु अस्पतालको महाततमा संचालन गरिने क्लवका अध्यक्ष कार्कीले बताए ।

रोटरी क्लव अफ भैरहवा, तिनाउ बुटवल, लुम्बिनी स्टार्स, रोट्याक्ट क्लव अफ सेन्ट्रल बुटवल, सेन्ट्रल रुपन्देही, जिविसी बुटवल, तिनाउ बुटवल, भैरहवा, इन्ट्¥याक्ट क्लव अफ जनता मा.वि.लगाउतका क्लवहरुको सह–आयोजनामा कार्यक्रम हुन लागेको छ । कार्यक्रममा प्रवेशका लागि दशहजार, पाँच हजार र तीन हजार दरका टिकटको व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ