२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकिन खारेज भयो डा. निकोलसको उम्मेदवारी ?

किन खारेज भयो डा. निकोलसको उम्मेदवारी ?


काठमाडौं—रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधीसभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका डा. निकोसल (कमल) भुसालको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले डा. भुसालको उम्मेदवार हुन पाउने योग्यता नपुगेको भन्दैं उम्मेदवारी खारेज गरिदिएको हो ।

डा. भुसाल विरुद्ध विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उनी उम्मेदवार हुन योग्य नरहेको भन्दैं निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दिएका थिए । उक्त उजुरीमाथि छानविन गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो ।

उनीमाथि रेजिडेन्ट चिकित्सकका रुपमा सरकारी सेवा सुविधा लिइरहेको भन्दैं उम्मेदवार हुन नपाउने उजुरी परेको थियो । २८ वर्षीय डा. भुसाल लामो समयदेखि रुपन्देही २ मा उम्मेदवार बन्न अभियान चलाइरहेका छन् ।

रुपन्देही २ मै जन्मे हुर्केका उनले विजयी भएमा रुपन्देहीलाई विश्व शान्तिको राजधानी रुपमा विकास गर्ने योजना हेल्थआवाजलाई सुनाएका थिए । ‘म जन्मे हुर्केको यही हो । यसलाई विश्व शान्तिको राजधानी बनाउने योजनाका साथ चुनाव लड्न खोजिरहेको छु,’ उनले भनेका थिए ।

लुम्बिनी मेडिकल कलेजबाट एमबीबीएस सकेका उनले मानसिक रोगमा विशेषज्ञता हासिल गरिरहेका छन्।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ