२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशउम्मेदवार डा. कर्णको दैनिकी : शल्यक्रिया कक्षबाट मतदाताको आँगनमा

उम्मेदवार डा. कर्णको दैनिकी : शल्यक्रिया कक्षबाट मतदाताको आँगनमा


डा. विनोद कर्ण नेपालगन्जमात्रै नभएर पश्चिम नेपालकै एक्ला प्लाष्टिक सर्जन हुन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालन्जका प्लाष्टिक सर्जन डा कर्णले हजारौ बिरामीहरुको शल्यक्रिया गरेर अनुहारमा खुसी र मुस्कान फर्काइ रहेका छन् । दैनिक ३/४ जना बिरामीको शल्यक्रिया गर्दै आएका डा कर्ण अप्रेशन थियटरमा काम सकिना साथ सिधै मतदाताहरुको घर आँगनमा पुग्न थालेका छन् ।

डा. कर्ण यसपाली बाँके प्रदेश २ (ख) निवर्जाचन क्षेत्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएर नगरवासीको समस्या हटाउने योजनामा छन् । प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरुले गठबन्धनका नाममा योग्य र सक्षम व्यक्तिभन्दा आफन्त, आसेपासे र विचौलियाहरुलाई टिकट दिएको भन्दैं त्यसको विरोध गर्दै डा. कर्ण स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका हुन । निर्वाचन आयोगबाट चुनाव चिन्ह बल्ब पाएका डा. कर्ण बल्ब बालेर नगरवासीको अनुहारमा चमक ल्याउने दावी गरे ।

७ वर्ष ३ महिनादेखि कुँचो र विउवा बोकेर नेपालगन्जलाई सफा र हरियाली बनाउने अभियनामा लागेका डा कर्ण नेपालगन्जबासीका बीचमा हरित अभियान्ताका रुपमा चर्चित छन् । पेशाले चिकित्सक भएपनि उनी नेपालगन्जका सामाजिक क्रियाकलापमा पनि सक्रिय रहँदैं आएका छन् ।

नेपालगन्जमा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने माग १५ वर्षदेखि निरन्तर उठ्दै आएपनि त्यसको सम्भाब्यता अध्ययनको काम सुरुसम्म हुन सकेको छैन । नेपालगन्ज दिल्ली उडानको चर्चा सुरु भएको एक दशक पुग्न थाल्यो तर, परीक्षण उडानसम्म हुन सकेको छैन । डुबान र राप्ती नदीको कटानको समस्या जस्ताको तस्तै छ । नदी कटान र बाढीबाट घरबारबिहिन भएका हजारौ परिवार एक दशकदेखि जंगलको किनारामा कष्टपूर्ण अवस्थामा बस्न विवश छन् । यसपल्टको वर्षा र बाढीले उनीहरुको दुःख झनै बढाइ दिएको छ । यहीबीच डा. कर्ण जनताका यिनै समस्यालाई समाधान गर्न आफू लाग्ने भन्दैं चुनावी मैदानमा ओर्लिएका हुन् ।

त्यसो त डा. कर्ण वि.सं. २०७४ को निर्वाचनमा पनि बाके प्रदेश २ (ख) क्षेत्रबाट विवेकशील साझा पार्टीका तर्फबाट चुनाव लडे । तर, नगरवासीले उनलाई पत्याएनन । नगरवासीले नपत्याएकै कारण उनले जम्मा ५८३ मत मात्रै पाए । तर, डा कर्णले हिम्मत हारेनन् । सहरको विकास र समृद्धिका लागि आवाज उठाइ नै रहेका छन् ।

डा कर्ण पार्टीगत राजनीतिलाई छाडेर आफ्ना साथीभाईहरुको टिम बनाएर स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन । बाँके वास्तवममा धार्मिक, सामुदायिक र जातीय विविधता भएको जिल्ला हो । त्यसमाथि नेपालगन्जले २०४८ साल पछिका कुनै पनि निर्बाचनमा कुनै पनि नेतालाई लगातार दुई पटक एउटै पदमा जिताएको छैनन् । पूर्व मेयर डा. धवल शमशेर राणा र पूर्व मन्त्री मोहम्मद इस्तियाक राई दुवै जना लगातार दोस्रो पल्ट चुनाव जित्ने लक्ष्यका साथ चुनावी मैदानमा छन ।

नेपालगन्जमा हरेक चुनावको अन्तिम तिर एउटा लहर चल्छ त्यो लहरले कसलाई कहाँ पु¥याउँछ भन्ने थाहा पाउन निकै कठिन हुन्छ । करिब ४७ हजार मतदाता भएको नेपालगन्ज प्रदेश सभा क्षेत्र नं. २ (ख) मा डा.कर्णसँगै सत्तारुढ गठबन्धनका उम्मेदवार सुरेन्द्र हमाल, एमाले राप्रपा गठबन्धनका निरक गुरुङ र माओवादीका अकलबहादुर बम र जसपाका उम्मेदवार आदेश अग्रवाल चुनावी मैदानमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ