२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाढी र डुबान प्रभावित राजापुरमा नेपाली सेनाको स्वास्थ्य शिविर

बाढी र डुबान प्रभावित राजापुरमा नेपाली सेनाको स्वास्थ्य शिविर


नेपालगन्ज—बेमौसमी वर्षा र बाढीबाट प्रभावित बनेको बर्दिया जिल्लाको राजापुरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बाढी र डुबानका कारण खेतीबाली, भण्डार गरेको खाद्यान्नलगायत रहेका घर भत्किँदा समस्या परेका स्थानिय वासिन्दाहरुको स्थास्थ्य चेक जाँच र औषधी उपचारमा सहयोग पु¥याउने उद्देश्यले शिविर संचालन गरिएको नेपाली सेनाको बज्रदल गण नेपालगन्जका गणपति श्याम आत्रेय पौडेलले बताए ।

शिविरमा परामर्श र उपचारमा आएका अधिकांश व्यक्तिहरुमा छालाजन्य रोगहरु देखिएको छ । त्यसैगरी, ज्वरो, रुघाखोकी, दमका साथै स्त्री रोग सम्बन्धी समस्या भएका ४ सय ३४ जना महिलासहित ६ सय ४१ जना बिरामीहरु उपचारका लागि शिविरमा पुगेका थिए ।

शिविरमा आएका स्वास्थ्य सम्बन्धी जटिल समस्या भएका करिब ४०/५० बिरामीहरुलाई चिकित्सकहरुले थप उपचारका लागि जिल्ला अस्पताल गुलरिया र भेरी अस्पताल नेपालगन्जमा रिफर गरेका छन् ।

राजापुर नगरपालिका, जिल्ला अस्पताल बर्दियासँग सहकार्य गरेर नेपाली सेनाले संचालन गरेको शिविरमा स्त्री रोग, जनरल फिजिसियन, छाला तथा यौन रोग विशेषज्ञसहित ७ जना चिकित्सक र एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीहरुले बिरामीहरुको उपचार र स्वास्थ्य परामर्श दिएका थिए ।

स्वास्थ्य शिविरमा बिरामीहरुमा देखिएको स्वास्थ्य समस्या पत्ता लगाउन रगत परिक्षण, एक्सरे, अल्ट्रासाउण्डलगायतका चेक जाँचको सुविधासहित बिरामीहरुलाई आवश्यक पर्ने औषधीहरु निःशुल्क वितरण गरिएको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ