२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशजनप्रतिनिधीको आपसी द्वन्द्वका कारण स्वास्थ्यकर्मीले ५ महिनादेखि तलबभत्ता पाएनन्

जनप्रतिनिधीको आपसी द्वन्द्वका कारण स्वास्थ्यकर्मीले ५ महिनादेखि तलबभत्ता पाएनन्

बाँकेको डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा, २२ मंसिरबाट ओपिडी सेवा बन्द गर्ने


नेपालगन्ज—बाँकेको डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले साउनदेखि तलब भत्ता पाएका छैनन् । गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाउँदैं तलब भत्ता निकासा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मीहरुले मसिंर २३ गतेसम्म आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने र मंसिर २४ गतेदेखि आकस्मिक सेवाबाहेक पूर्ण रुपमा स्वास्थ्य संस्था बन्द गरेर गाउँपालिका कार्यलयमा धर्ना दिने बताएका बताएका छन् ।

डडुवा गाउपालिकामा ८४ जना स्वास्थ्यकर्मी कार्यरत छन् । गाउँपालिकामा निर्वाचित नेपाली कांग्रेस, एमाले र जसपाका जनप्रतिनिधिहरु बीचको आपसी विवादका कारण डडुवा गाउँपालिकाको गाउसभा हुन नसक्दा अझै पनि बजेट पास हुन सकेको छैन ।

बजेट पास नभएका कारण स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीहरुले चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलब, भत्ता तथा चाडपर्व खर्चसमेत पाउन सकेका छैनन् । बजेट निकासा नहुँदा स्वास्थ्य संस्थाहरुमा औषधीहरुको समेत अभाव हुन थालेको छ ।

स्वास्थ्य संस्थाहरुमा औषधीका साथै प्रयोगशालाहरुका लागि आवश्यक पर्ने केमिकलसमेत नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

त्यस्तै, अवस्था पशु सेवा केन्द्रमा पनि देखिन थालेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउ सभा हुन नसक्दा यस्तो अवस्था उत्पन्न भएको बताए । जनताका सेवा गर्ने प्रतिवद्धताका साथ निर्वाचित जनप्रतिनिधीहरु अहिले आएर बहुमतको दम्भ देखाएर गाउसभा नै गर्न नदिएका कारण डडुवाका जनता र त्यहाँ कार्यरत कर्मचारीहरु समस्यामा परेको दावी अध्यक्ष चौधरीको छ ।

समयमा गाउसभा हुन नसक्दा संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रिया पनि ठप्प भएको छ । त्यसैगरी, गाउँपालिकाको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेन्डर प्रक्रिया समेत अवरुद्ध भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ