२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपाँच लाख बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैं

पाँच लाख बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैं


बुटवल-देशभरका बालवालिकालाई खुवाउन सुरु गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि प्रदेश ५ का बालबवलिकाहरुलाई पनि खुवाउन सुरु गरिएको छ । भिटामिन ए तथा जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।

प्रदेश अन्तर्गत ५ लाख ८ हजार ९ सय २६ जना बालवालिकालाई भिटामिन ए र ४ लाख ५४ हजार ९ सय ८९ जना बालवालिकालाई जुकाको औषधि खुवाउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको हो ।

जन्मेदेखि ५ वर्षसम्मका बालवालिकालाई खुवाइने भिटामिन ए तथा ६ महिनादेखि ६ वर्षसम्मका बालवालिकालाई खुवाइने जुकाको औषधि आवश्यक मात्रामा स्थानीय तहसम्म पुर्याई कार्य सुरु भएको प्रदेश ५ स्वास्थ्य महाशाखाका सूचना अधिकारी मानवहादुर वलीले जानकारी दिए ।

‘हामी जिल्ला समन्वयमार्फत पालिकाहरुमा भिटामिन ए, जुकाको औषधि तथा ‘एमयूएसी’ टेप पुर्याइसकेका छौं । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका स्वयंम सेविकामार्फत कार्यक्रम संचालन गर्छन्,’ उनले भने ।

स्थानीय तहमा प्रदेशसँगै नेपाल सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत प्रदेश अन्तर्गतका १ सय ९ वटा पालिकाहरुमा सुरु भएको हो ।

खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाउने व्यवस्था स्थानीय तहहरुले गरेका छन् । शनिबार खान छुटेकाहरुलाई आइतबार खुवाइने छ । स्वास्थ्य स्वयंसेविकाहरुले छ महिनादेखि पाँच वर्षसम्मका बालवालिकाको पोषण स्थिति जाँच गर्न ‘एमयूएसी’ टेपबाट पाखुराको नाप लिनेछन् ।

नेपालभरिबाट भने पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालवालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाउने लक्ष्य छ । साथै छ महिनादेखि दुई वर्षसम्मका बालवालिकालाई बालबिटा ट्याब्लेट बाँडिने छ ।

भिटामिन ए कार्यक्रमका लागि प्रदेश अन्तरगतका सबै स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालिन गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ