२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकृष्णनगरमा कर्फ्युले स्वास्थ्य संस्था प्रभावित

कृष्णनगरमा कर्फ्युले स्वास्थ्य संस्था प्रभावित


बुटवल—कपिलवस्तुको कृष्णनगरमा बिहिवारदेखिको कर्फ्युका कारण स्वास्थ्य संस्थाहरु प्रभावित भएका छन् । स्वास्थ संस्थाहरु पूर्णतया बन्द हुँदा बिरामीहरुमा समस्या बढ्दैं गएको छ ।

कर्फ्यु कारण डाक्टर, नर्स तथा मेडिकल पर्सनहरु उपस्थित हुन नसक्दा समस्या हुने गरेको स्थानीयको गुनासो छ । बिहिबार दिउँसो ११ बजेबाट लगाइएको कर्फ्यु शुक्रवार पनि जारी रहँदा समस्या थपिदै गएको हो ।

कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि स्थानीय प्रशासनले बिहीबार दिउँसो ११ बजेबाट कर्फ्युआदेश जारी गरेको थियो ।

कर्फ्यु कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको छ भने आज दिउँसोसम्मको स्थितीलाई हेरेर कर्फ्यु यथावत राख्ने कि हटाउने भन्ने निर्णय गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिप शमसेर राणाले जानकारी दिए ।

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीको गोली लागेर २० वर्षीय सुरज कुमार पाण्डेको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पातालमा लागिएको एसपी राणाले जानकारी दिए ।

अहिले पनि त्यो क्षेत्रमा थप कुनै अप्रिय घटना नहोस भनेर सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ