२०७९ चैत्र १७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्यलाई प्रविधिसँग जोड्दै साथी फार्मेसी

स्वास्थ्यलाई प्रविधिसँग जोड्दै साथी फार्मेसी


बुटवल— प्रविधिसँग अनेकन विषयहरु जोडिएका बेला स्वास्थ्य क्षेत्रलाई पनि प्रविधिसँग जोड्न सुरु गरिएको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि विभिन्न नयाँ—नयाँ प्रविधिको प्रयोग हुँदै आएको छ । बिरामी तथा त्यससँग सम्बन्धित पक्षहरु पनि प्रविधि तर्फ नै आकर्षित हुन थालेपछि स्वास्थ्य संस्थाहरु पनि प्रविधि मैत्री बन्दै गएका छन् ।

फार्मेसी क्षेत्रमा प्रविधिको कम प्रयोग भएको गुनासो आइरहेका बेला बुटवल—६ मैत्रीपथमा रहेको साथी फार्मेसीले आफ्नै अपरेटिङ सिस्टम (मेरो स्वास्थ्य)मार्फत सेवा सुरु गरेको छ । सामान्य अथवा दीर्घ रोगीहरुले दैनिक रुपमा प्रयोग गर्ने औषधिको सही सूचना दिने गरी एप पनि संचालनमा आएको छ ।

सही अनुपात, समय र प्रयोग विधि नजान्दा रोगीहरुमा औषधिले गर्नुपर्ने कामभन्दा नराम्रो असर बढी हुने गरेको पाइन्छ । त्यसको न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य’ मोबाइल एप सन्चालनमा ल्याएको संचालक दिनेश पोखरेलले जनाकारी दिए ।

बिरामीको तथ्यांक संकलन गर्ने र जुनसुकै बेला पनि आफ्नो चिकित्सकलाई भेट्दा पुरानो तंथ्याक देखाएर गुणस्तरीय सेवा प्राप्त होस् भन्ने उद्धेश्यले मेरो स्वास्थ्यको अवधारणा ल्याएको पोखरेलले बताए । ‘हामीले मानवीय स्वास्थ्यलाई हेरेर यो सेवा अहिले रुपन्देहीमा मात्र सुरु गरेका छौं । विस्तारै क्षेत्र बढाउदै लान्छौं,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)