२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकीटाणु नष्ट गर्ने मेसिन हस्तान्तरण

कीटाणु नष्ट गर्ने मेसिन हस्तान्तरण


बुटवल—लामखुट्टे र भुसुनाजन्य कीटाणु नष्ट गर्ने ‘फग मेसिन’ प्रदेश नं ५ सरकारलाई हस्तान्तरण गरिएको छ ।  कोरियन क्रुपि फाण्डेशनले फग मेसिन प्रदेश सरकारलाई उपलव्ध गराएकाके हो । बुधवार एक कार्यक्रमका बीच अध्यक्ष ली साङ हुनले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई मेसिन हस्तान्तरण गरे ।

फाण्डेशनले रु. ४५ लाख मुल्य बराबरका ३० थान मेसिन प्रदेश सरकारलाई उपलब्ध गराएको छ । । प्रति मेसिनको मुल्य रु. एक लाख ५० हजार पर्ने गर्दछ । ती मेसिनबाट डेङ्गु नियन्त्रण गर्नमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

त्यस्तै फाउण्डेशनले डब्लुएचओबाट प्रमाणीकरण भएको रु. एक लाख मूल्य बराबरको औषधि पनि प्रदेश सरकारलाई उपलब्ध गराएको छ । संस्थाले गत वर्ष विराटनगरमा पनि मेसिन र औषधि वितरण गरेको थियो । त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सो संस्थाले औषधि छर्कने छ ।

सो अवसरमा बोल्दै मन्त्री केसीले प्राप्त भएको मेशिनमध्ये सुरक्षा क्याम्प र चार उपमहानगरपालिकालाई एक—एक वटा प्रदान गरिने बताए । फाउण्डेशनका अध्यक्ष हुनले लामखुट्टे नियन्त्रणमा यो मेसिनले फलदायी परिणाम ल्याउने विश्वस व्यक्त गरे ।

रुपन्देहीमा डेङ्गुबाट मात्रै तीन जनाको मृत्यु भैसकेको छ भने दुई हजारभन्दा धेरै संक्रमित भएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ