२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरेडक्रसले सरावल गाउँपालिकालाई निःशुल्क रगत उपलब्ध गराउने

रेडक्रसले सरावल गाउँपालिकालाई निःशुल्क रगत उपलब्ध गराउने


बुटवल—नवलपरासी जिल्लाको सरावल गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटीले रगत उपलब्ध गराउने भएको छ । जिल्ला शाखा नवलपरासीले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेपछि रगत अभावबाट हुने मानवीय जोखिम कम हुने गाउँपालिकाले विश्वास लिएको छ ।

बिहिवार सरावल गाउँपालिकाले आफ्नो नगरिकहरुको लागि स्वास्थ्य उपचारमा रगत अभाव हुन नदिने भन्दै गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ ।

गाउँपालिका र रेडक्रस सोसाइटीबीच २०७६ कार्तिकदेखि २०७७ असार मसान्तसम्म निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको रेडक्रस जिल्ला शाखा सभापति राजेन्द्र अग्रहरिले बताए । आवश्यकता हेरेर रक्तदान कार्यक्रम संचालन गर्नेगरी सम्झौता भएको छ ।

गाउँपालिका मै रगतको महत्व र आवश्यकताका विषयमा गोष्ठीहरु संचालन गर्ने, रक्तदानका बारेमा गाउँपालिकास्तरीय सचेतना गोष्ठी गर्ने, रगत आपूर्तिको लागि गाउँपालिका वा वडास्तरमा रहेको क्लव, सहकारी, शैक्षिक संस्थाहरु, तथा संघसंस्थाबीच समन्वय गरी रक्तदान गर्ने सम्झौतापत्र उल्लेख गरिएको छ ।

गाउँपालिका नगरिकहरुलाई जुनसुकै प्रकृतिका बिरामीहरुलाई निःशुल्क रगत उपब्लध गराउने गरी काम गरिने अग्रहरिले बताए । रेडक्रसले निःशुल्क रगत उपलब्ध गराएपनि रगत जाँच र व्यागका लागि भने एक पोकामा ८ सय पचास दरले पालिकाले रकम उपलब्ध गराउने शाखाले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ