२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशडेन्टल एसोसिएसनको राष्ट्रिय सम्मेलन रुपन्देहीमा

डेन्टल एसोसिएसनको राष्ट्रिय सम्मेलन रुपन्देहीमा


बुटवल—नेपाल डेन्टल एसोसिएसनको २० औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएपछि सम्मेलनको माहोल सुरु भएको छ । सम्मेलनका लागि तुल ब्यानरलगायतका कामहरु भैरहेका छन् भने अन्य तयारीलाई समेत तीव्र पारिएको छ ।

रुपन्देहीको भैरहवा र तिलोत्तमाको कोटिहवामा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको नेपाल डेन्टल एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रा.डा. हेमन्तकुमार हलुवाईले जानकारी दिए ।

यही कात्तिक २९ र ३० गते दुई दिनसम्म चल्ने एसोसियसनको सम्मेलनका लागि देश तथा विदेशबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु आउने क्रम सुरु भएको छ । सम्मेलनमा नेपाल तथा नेपालबाहिरका झन्डै ३ सय दन्त चिकित्सकहरु सहभागी हुने गरी तयारी भैरहेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने २० औं सम्मेलनले घोषणपत्र जारी गर्नेछ ।

पछिल्लो समयमा दन्त चिकित्साको क्षेत्रमा विकास भएका नयाँ—नयाँ अत्याधुनिक प्रविधिको प्रयोग तथा प्रदर्शनसमेत हुने अध्यक्ष हलुवाईले बताए । त्यसको अलावा सम्मेलनमा दन्त चिकित्सकहरुबीच विचार विमर्श, अनुभव आदान—प्रदान, एवं अन्तरक्रियाद्वारा दन्त चिकित्सा सम्बन्धि ज्ञान र सीपलाई अभिवृद्धिलगायतका कार्यक्रमहरु हुने उनले बताए । ‘कार्यक्रममा दन्त चिकित्सा सम्बन्धि अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थहरुको वृहत प्रर्दशनी हुनेछ,’ उनले भने, ‘दन्त चिकित्सामा प्रयोग हुने नविन प्रविधि, यन्त्र, उपकरण र औषधिजन्य पदार्थ अत्यन्त सुलभ दरमा उपलब्ध समेत हुनेछ ।’

सम्मेलनमा ६४ कार्यपत्र, २५ लाख खर्च

सम्मेलनमा दन्त चिकित्सा क्षेत्रलाई थप प्रभावकारी र प्रविधि मैत्री बनाउन वृहत छलफल हुनेछ । विषय विज्ञहरुले तयार पारेका विभिन्न शिर्षकमा ६४ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको अध्यक्ष डा. हलुवाईले बताए ।

नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सघाउ पुग्ने गरी सम्मेलन गर्न लागिएको उनले बताए । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगोस भन्ने उद्धेश्यले वुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारलाई सम्मेलनको लागि उपयुक्त स्थान छनोट गरिएको आयोजक संस्थाका सचिव डा. कलितराज जोशीले बताए ।

सम्मेलनमा करिब २५ लाख खर्च हुने आयोजकले जनाएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ