२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको पौडेलको दाबी

स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको पौडेलको दाबी


बुटवल—पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको दावी गरेका छन् । उनले स्वास्थ्यको विकासका लागि तीनै तहका संरचनाहरुले सहकार्य गर्न आवश्यक रहेको समेत बताए ।

रुपन्देहीको बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्रको बिहिवार उद्घाटन गर्दै नेता पौडेलले स्वास्थ्य नै महत्वपूर्ण कुरा भएको भन्दै सरकार त्यसमा सचेत रहेको बताए ।

सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गरे ।

लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयवासीको अनुरोधमा उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले स्वास्थ्यमा स्थानीयको सहज पहँुच होस् भन्ने मान्यताका आधारमा अस्पताल निर्माण गरिएको बताए ।

क्लबका सदस्यको सहयोगमा एक करोडको लागतमा केन्द्रको भवन निर्माण गरिएको छ । भवन निर्माण समितिका संयोजक योगेश घिमिरेकाअनुसार दुई तले भवन निर्माणका लागि सदस्यहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो । नयाँ गाउँ उच्च माविले उपलब्ध गराएको पाँच कट्ठा जमिनमा भवनको निर्माण गरिएको छ ।

विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा २ सय बढीले स्वास्थ्य परिक्षण गराएको अध्यक्ष डिल्ली नारायण पाण्डेले जानकारी गराए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ