२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पताल सुधारका लागि समितिसँग छलफलमा मेसु

अस्पताल सुधारका लागि समितिसँग छलफलमा मेसु


बुटवल—नवनियुक्त लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालसँग प्रदेश ५ प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समिति अस्पतालको कामकारवाहीका बारेमा छलफल गरेको छ ।

मेसु डा. खनाललाई समितिमा नै बोलाएर अस्पतालमा देखिएका समस्या र ती समस्या समाधानका बारेमा जिज्ञाशा राखेको हो । समितिले अस्पताललाई यसअघि दिएका निर्देशनहरु कार्यान्वयनको अवस्था तथा समग्र योजनाहरुको बारेमा प्रश्न गरेको थियो ।

यसअघि प्रादेशिक अस्पतालमा गरेको स्थलगत अनुगमन पश्चात सुधारका लागि समितिले दिएका निर्देशन कार्यान्वयनको प्रगतिका बारेमा समिति सदस्यहरुले जिज्ञासा राखेका थिए । त्यसको जवाफमा डा. खनालले आफू भर्खर नियुक्त भएको र समयमा नै समाधानका लागि पहल गर्ने बताएका थिए ।

डा. खनालले अस्पताल भित्र कतिपय कमी कमजोरी रहेको भन्दै त्यसलाई सुधारतर्फ उन्मुख हुने बताए । उनले अस्पतालमा सेवा प्रवाहलाई चुस्त बनाउने र सरसफाइजस्ता विषयलाई गम्भीरतापूर्वक लिने बताएका थिए ।

समितिका सभापति दृगनारायण पाण्डेको सभापतित्वमा भएको छलफलमा प्रदेशसभा सदस्यहरु बाबुराम गौतम, अष्टभुजा पाठक, दिपा विक, रिना नेपाल विक, अर्जुनकुमार केसी, कमला देवी विकलगायतले अस्पताललाई व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ