२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशचुम्बकीय प्रविधीको उपचार पद्धतिबाट दीर्घ रोगका बिरामीहरु लाभान्वित

चुम्बकीय प्रविधीको उपचार पद्धतिबाट दीर्घ रोगका बिरामीहरु लाभान्वित


बुटवल-पाल्पामा नयाँ खालको स्वास्थ्य शिविर संचालन भएको छ, जसबाट दीर्घ रोगका बिरामीहरु दंंग छन् । तानसेनमा संचालन भएको स्वास्थ्य शिविरमा न कुनै औषधी दिइन्छ, न अप्रेसन गरिन्छ, न त बिरामीलाई कुनै दुखाइ हुन्छ, यस्तो उपचार विधिले रोगीहरु अचम्म मान्दै स्वास्थ लाभ लिइरहेका छन् ।

तानसेन नगरपालिका वडा नंं ७ लक्ष्मी पाण्डे लामो समयदेखि नसा, घोडा दुख्ने, विभिन्न शरीरका भागहरु दुख्ने सम्बन्धि बिरामी थिइन । उनले धरै ठाउँमा उपचार नगराएकी पनि होइनन् । तर निको हुनु त कहाँ हो कहाँ उल्टै थला पर्दै गइन् । उपचारको नाममा पौडेलले लाखौ रुपैयाँ खर्च गरिन ।

उनी मात्र होइन् तानसेन वडा न. ८ की नरमाया पुनलाई पनि समस्या उस्तै थियो । उनी पनि नेपाल मात्र होइन भारतका विभिन्न अस्पतालहरुमा उपचार गर्दा पनि सन्चो हुन सकेको थिएन ।

तर, यी जस्तै धरै दीर्घ रोगका बिरामीहरुले तानसेनमा उपचार गर्न पाउँदा निकै खुसी भएका छन् । संजीवनी नेचुरोप्याथी चिकित्सालयले पाल्पा उधोग वाणिज्य संघको परिसरमा संचालन गरेको स्वास्थ्य शिविरले उनीहरुको पीडामा केही मलम लगाउन काम गरेको बिरामीहरु बताउँछन् ।

तानसेनमा चुम्वकीय तथा कलर थेरापी प्रविधीबाट नसा, साईटिका, हाडजोर्नी, माईग्रेन, ढाड, कम्मर तथा प्यारालाईसिस बिरामीको उपचार भैरहेको छ । संजीवनी नेचुरोप्थाथी चिकित्सालय कार्तिक २५ गतेदेखि संचालन गरेको स्वास्थ्य शिविरमा यस्तै सयौंले स्वास्थ्य लाभ लिइरहेका छन् । यो शिविर मंसिर ९ गतेसम्म संचालन हुनेछ । स्वास्थ्य शिविरमा दैनिक ५० जनासम्म बिरामी पुग्ने गरेका छन् । शिविरबाट झन्डै २ सय ५० जना भन्दा बढीले सेवा लिएका छन् । उपचारको लागि भारतको दिल्लीबाट चुम्बकीय प्रविधिका ३ जना चिकित्सक तथा अन्य सहयोगी रहेका छन् ।

तानसेनमा संचालन गर्ने संस्था भने रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलमा छ । चिकित्सालयको केन्द्रीय कार्यालय नै स्थापना गरी काम भइरहेको छ ।

के हो चुम्बकीय प्रविधि ?

चुम्वकीय माध्यमबाट उपचार गर्ने एउटा प्रकृतिक पद्धति भएको चिकित्सकहरु बताउँछन् । च्ुम्वकीय प्रविधीबाट उपचार नेपालमा भर्खर सुरुवात भएको मानिन्छ । यस प्रकारको उपचारको बारेमा जनतासम्म सही सूचना पुग्न नसकेको संजीवनी चिकित्सालयकी संचालक डा. प्रतिभा रेग्मी बताउँछिन् ।

भारतमा यस विधिलाई राम्रो मानिन्छ तर नेपालमा भने भर्खर मात्र प्रवेश पाएको उनीले बताइन् । हालसम्म नेपालको पोखरा, स्याङ्जा वालिङ, तानसेनको प्रभास, रुपन्देहीको मणिग्राम, नयाँ मिलमा शिविर संचालन भैसकेको छ । शिविरबाट हालसम्म ३ हजार बिरामी प्रत्यक्ष लाभान्वित भएको संचालक रेग्मीले बताइन । शिविरमा आएका ९० प्रतिशत बिरामीलाई निको बनाएर पठाएको उनको दावी छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ