२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित


बुटवल—स्वास्थ्य जनचेतनाको हिसाबले पछाडि परेको भनिएको रुपन्देहीको दक्षिणी क्षेत्रमा गरिएको स्वास्थ्य शिविरमा एक हजार जना सहभागिता जनाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आमामा गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षणमा एक हजार जनाले एकै दिन लाभ लिएका हुन् ।

‘स्वास्थ्य संस्थासम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरेका हौँ,’ आयोजक संस्था लायन्स क्लब अफ सिद्धार्थनगर युथका कार्यक्रम संयोजक प्रशान्त श्रीवास्तवले भने, ‘सुगममा भन्दा स्वास्थय समस्या दुर्गममा भयावह रहेको पाइयो ।’

शिक्षाको क्षेत्रमा कमजोर मानिएका दक्षिणी क्षेत्रका स्थानीयहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुन सकेका छैनन् । ग्रामीण क्षेत्रमा क्लबले स्वास्थ्यसंँग सम्बन्धित कार्यक्रम ल्याउनु सकारात्मक रहेको प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादव बताउँछन् । ‘यस्ता कामहरु उदाहरणीय नै छन् । छिटोछिटो यस्ता क्याम्पहरु संचालन गर्नु आवस्यक देखिन्छ,’ उनले भने । उनले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । सरकारले गर्नुपर्ने काम क्लबहरुले गर्नु परेको भन्दै सरकार प्रति आक्रोश पोखे ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका प्रशासन संयोजक तेज के.सी.ले यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि आयोजना गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक हप्ताको मंगलबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मेडिकल कलेज जान गाडीको व्यवस्था गरिएको बताए । के.सी.ले लायन्स क्लब तथा जनप्रतिनिधिबाट सिफारिस भए २० प्रतिशत छुटको व्यवस्था गर्ने तथा पैसा तिर्न नसक्ने बिरामीलाई औषधी उपचार गरिदिने बताए ।

कार्यक्रममा १ हजार बढी स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष अभिनव मयुर कसौधनले बताए । त्यस्तै कार्यक्रममा १ लाख बराबरको औषधी बिरामीहरुलाई निःशुल्क वितरण गरिएको कसौधनले जानकारी दिए ।

शिविरमा मेडिकल कलेजका डा. पुष्पराज ढकाल, डा. जिज्ञासा सुवेदी, डा. सर्वोत्तम कोइराला, डा. दयाराम यादव, डा. सृजा चापागाई, डा. राजा खान, डा. नेहा सिंह, डा. ब्रीसा प्रियोसलगायत १८ जना टोलीको स्वास्थ्य परीक्षण गरेको क्लबका सचिव सुनिल सेञ्चुरीले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ