२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुर्तीजन्य पदार्थ सेवन गर्नेमा प्रदेश ५ मा सबैभन्दा बढी ३६.६ प्रतिशत

सुर्तीजन्य पदार्थ सेवन गर्नेमा प्रदेश ५ मा सबैभन्दा बढी ३६.६ प्रतिशत


बुटवल-प्रदेश ५ सुर्तिजन्य पदार्थ र अवैध मादक पदार्थ सेवन गर्नेहरुको संख्या अधिक रहेको एक अध्ययनले देखाएको छ । प्रदेश ५ नेपालमै सबैभन्दा धेरै सुर्तिजन्य पदार्थ सेवन गर्ने र कर नतिरेको मादक पदार्थ सेवन गर्ने प्रदेशहरुकै अग्रस्थानमा रहेको अध्ययनले देखाएको हो ।

प्रदेश ५ सीमा क्षेत्रमा पनि पर्ने हुँदा सुर्तिजन्य पदार्थ बढी प्रयोग हुने गरेको पाइन्छ । सुर्तिजन्य पदार्थमा चुरोट, विडी, तमाखु, सुर्तिजन्य गुट्खा, पान पराग, पान सुर्ति पर्ने गर्दछन् । यी तत्वहरुमा निकोटिनको मात्र हुने हुँदा अम्बलका रुपमा सेवनकर्तामा लत बस्ने गर्दछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको पछिल्लो अध्ययनमा प्रदेश ५ मा ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्दछन् । नेपालको समग्र अवस्था भने २८ दशमलव ९ प्रतिशत हो । समग्र देशको भन्दा पनि प्रदेश ५ का जनताले धेरै सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको हो । परिषद्ले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपाल भरीको अवस्था भन्दा प्रदेश ५ को अवस्था दयनीय देखिएको हो ।

सो अध्ययन अनुसार देशभरमा भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत धेरै जनताले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।

१५ वर्षदेखि ६९ वर्ष उम्मेर समुहका वयस्कहरुको जनसंख्यामा आधारित सर्वेक्षण गरिएको थियो । सो नमुना सर्वेक्षणले अवस्था भयावह देखाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत बिहंगम विष्टले बताए । ‘प्रदेश ५ को अवस्था गम्भीर नै देखिएको छ । यसमा जनचेतनामूलक गतिविधि संचालन गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

उनका अनुसार नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको अवस्था पत्ता लगाउन पनि परिषदले सर्वेक्षण गर्ने गर्दछ ।

मादक पदार्थ सेवनको गर्ने पनि अधिक

प्रदेश ५ मा पनि मादक पदार्थ सेवन गर्नेहरुको संख्या अधिक नै छ । अझ प्रदेश ५ मा मद्यपानमा अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेहरु भने धेरै नै रहेको तथयाङकले देखाएको छ । प्रदेशमा जम्मा जनसंख्याको ७० दशमलव ८ प्रतिशतले अयोग्य वा कर नतिरेको मदिरा सेवन गर्ने गर्दछन् ।

जहाँकी राष्ट्रिय तथ्याङकमै यो प्रतिशत ६८ दशमलव ५ प्रतिशत रहेको छ । प्रदेशमा अयोग्य मद्यपान गर्नेको पनि करिब ३ प्रतिशतले धेरै छ । तथ्याङक मद्यपान गर्नेहरुमध्येबाट गरिएको सर्वेक्षणले देखाएको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ