२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा ४८ सहित प्रदेश १ मा थपिए ६१ संक्रमित

मोरङमा ४८ सहित प्रदेश १ मा थपिए ६१ संक्रमित


विराटनगर– मोरङमा ४८ जनासहित प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जना पुरूष र १४ जना महिलासहित प्रदेश १ मा शनिबार ६१ जना संक्रमित थपिएका हुन् ।

विराटनगर महानगरपालिका भित्र मात्र शनिबार ३३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये २६ पुरूष र ७ महिला रहेका छन् । मोरङको बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा. लि.मा कार्यरत थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको परीक्षण रिपोर्ट अनुसार शनिबार कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै पुरूष कर्मचारी र मजदुर हुन् ।

८० जनाको स्वाब संकलन गरिएको मध्ये पछिल्लो पटक १२ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यसअघि १० जना कर्मचारीमा कारोना संक्रमण पुष्टि भएको आरती स्ट्रिप्सका जनसम्पर्क अधिकृत दिवश नेपालले बताए ।
यसैगरि मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीमा १०

जना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ । इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

महोत्तरी ठेगाना उल्लेख गरिएको २ र राजविराजको ठेगाना राखिएको १ पुरूषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ