२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा थपिए ७९ नयाँ संक्रमित

प्रदेश १ मा थपिए ७९ नयाँ संक्रमित


विराटनगर – प्रदेश १ मा ७९ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारमात्रै मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा देखिएको ३८ संक्रमित मध्ये १३ महिला र २५ पुरुष छन् ।

मोरङको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आज ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९ जना, होम आइसोलेसनबाट ९ जना र इनरुवा आइसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् । प्रदेश १ मा आज ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५२ पुरुष को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार ५७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ