२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ : थप ३ सय ६३ संक्रमित कोरोनामुक्त, १७९ संक्रमित थपिए

प्रदेश १ : थप ३ सय ६३ संक्रमित कोरोनामुक्त, १७९ संक्रमित थपिए


विराटनगर – प्रदेश १ मा आइतबार १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १र प्रदेश ४ जना बाहिरका  रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । जसमध्ये मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १पुरुष, बुढीगंगामा १ महिला १पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता, सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीयतह नखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला७पुरुष, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीयतहनखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ ।

प्रदेश १ मा थप ३६३ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ३४६, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ ।

प्रदेश १ मा आइतबार ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६८ महिलार १११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २७हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ