२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिना दर्ताको औषधी तस्करी गर्ने यादव विरूद्ध म्याद थप

बिना दर्ताको औषधी तस्करी गर्ने यादव विरूद्ध म्याद थप


विराटनगर – बिना दर्ताको औषधी भारतदेखि तस्करी गरी भण्डारण गरिएको अवस्थामा प्रहरीले पक्राउ गरेको एक जनालाई औषधी व्यवस्था विभाग विराटनगरले अदालतमा म्याद थप गरेको छ । विराटनगर – १३ का ३६ वर्षीय नरेश यादवलाई बुधबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी विभागले अनुसन्धान सुरू गरेको हो ।

पक्राउ परेका यादवलाई अदालतमा प्रतिबन्धित औषधीको पैठारी तथा ओसारपोसार मुद्दा म्याद थप गरी अनुसन्धान सुरू गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए । तस्करी गरी ल्याएको औषधी मोरङ प्रहरीको सिआरबी टोलीले विराटनगर – १३ स्थित नरेश यादवको घरमा भण्डारण गरी राखिएको अवस्थामा सोमबार राती बरामद गरेको थियो ।

औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी विराटनगरका केही फार्मेशीले तस्करी गरी ल्याउने गर्दछन् । सो औषधीहरू ल्याउने जिम्मा यादवले लिएको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । यादवको घरबाट औषधी बरामद गएपछि उनी फरार थिए । प्रहरीले मंगलबार दिउँसो विराटनगरबाट उनलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले यादवको घरदेखि ‘डाकसिसाइवर्गलिन र मिथाइल प्रिडनीसोलोन इन्जेकेसन’ कोरोनाको उपचारमा प्रयोग गरिने रेमडिसिभर औषधी पनि बरामद गरेको थियो । प्रहरीले बरामद गरेको दुवै इन्जेक्सन औषधी व्यवस्था विभागमा दर्ता छैन ।

मिथाइकल प्रिडनीसोलोन इन्जेक्सन भारतबाट तस्करी गरी नेपालमा ल्याउँदा महँगो मुल्यमा विक्री हुने गरेको यस क्षेत्रका जानकाहरू बताउँछन् । सो इन्जेक्सन २ देखि २ हजार ५ सय रुपैयाँ प्रतिगोटा विक्री हुने गरेको बुझिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ