२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिए, ९२ जना डिस्चार्ज

प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिए, ९२ जना डिस्चार्ज


विराटनगर– प्रदेश १ मा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशभर १ सय ७९ जना कोरोना संक्रमित थपिएका हुन् ।

जसमध्ये, झापामा ६२ जना, मोरङमा ५३ जना, सुनसरीमा ३८ जना, इलाममा १० जना, पाँचथर र ते¥हथुममा २–२ जना, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ जना र प्रदेश १ बाहिरका ९ जना रहेको मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा २२ जना, भद्रपुरमा १५ जना, दमकमा ७ जना, कन्काई र शिवसताक्षीमा ४–४ जना, अर्जुनधारामा ३ जना, मेचीनगरमा २ जना, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना थपिएका हुन् ।

मोरङको विराटनगरमा ४० जना, बेलबारीमा ३ जना, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२ जना, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१ जना, सुनसरीको धरानमा १८ जना, इटहरीमा १७ जना, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता इलामको माईमा ८ जना, इलाम नगरपालिका र रोङमा १–१ जना, पाँचथरको फिदिम र मिक्लाजुङमा १–१ जना, तेह्रथुमको लालिगुराँसमा २ जना, ताप्लेजुङको पाथीभरा याङवरक, धनकुटा र उदयपुरको त्रियुगामा १–१ जनार प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ४१ पुगेको छ ।

प्रदेश १ मा पछिल्लो २४ घन्टामा ९२ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट ८३ जना, विराट मेडिकल कलेजबाट ५ जना, मेची अस्पतालबाट ३ जना र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ३ सय ७७ पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९२ हजार २ सय ६१ वटा पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ