२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्पार्क हस्पिटलमा स्वास्थ्य शिविर, पहिलो दिन ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

स्पार्क हस्पिटलमा स्वास्थ्य शिविर, पहिलो दिन ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण


विराटनगर – विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल पाँचौं वर्षमा प्रवेश गरेको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार अस्पताल परिसरमा आयोजना गरिएको पहिलो दिनको निःशुल्क स्वास्थ्य शिविरमा ५० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए ।

पाँचौं वर्षमा पुगेको अवसरमा अस्पतालले बिहीबार र शुक्रबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । पहिलो दिनमा आएर हेर्न नभ्याएका विरामीलाई शुक्रबार स्वास्थ्य परीक्षण गरिने र रक्तदान कार्यक्रम पनि हुने अस्पतालले जनाएको छ । रक्तदानमा ५० भन्दा बढीले रक्तदान गर्ने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए ।

विराटनगरमा विगत ४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दुई दिवसीय निःशुल्क हाडजोर्नी तथा नशा शिविरमा विभिन्न हाडजोर्नी, नशाका बिरामी, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस (लकवा) वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिएको छ ।

शिविरमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ । ‘शिविरमा आएका विरामीहरूलाई विशेषज्ञ चिकित्सकले परीक्षण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने । दुर्गम तथा ६० वर्ष माथिका बिरामीहरुलाई उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । ‘कोभिड-१९ ले गर्दा स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरामीको स्वास्थ्य परीक्षण गरिएको छ,’ उनले भने, ‘शिविरमा आउने बिरामीले अग्रिम नाम दर्ता अनिवार्य गराएको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ