२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्पार्क अस्पतालले मनायो वार्षिकोत्सव

स्पार्क अस्पतालले मनायो वार्षिकोत्सव


विराटनगर—विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल पाँचौं वार्षिककोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । शुक्रबार अस्पताल परिसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।

वार्षिकोत्सवको अवसर पारेर अस्पतालले बिहीबार र शुक्रबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । दुई दिनसम्म संचालन भएको स्वास्थ्य शिविरमा १ सय १० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष रूपेश खतिवडाले जानकारी दिए ।

उनकाअनुसार पहिलो दिन बिहीबार ५४ र शुक्रबार दोस्रो दिन ६० जनाले स्वास्थ्य परीक्षण गराएको बताए । शुक्रबार गराएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । रक्तदान कार्यक्रममा विभिन्न अस्पतालमा भर्ना भएका १० जना बिरामीले फ्रेस ब्लट लिएर गएका थिए । सोही अवसरमा अस्पतालका वर्षका उत्कृष्ट कर्मचारी पनि पुरस्कृत भए ।

विराटनगरमा विगत ४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दुई दिवसीय निःशुल्क हाडजोर्नी तथा नशा शिविरमा विभिन्न हाडजोर्नी, नशाका बिरामी, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस (लकवा) वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिएको छ । शिविरमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ