२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १वीपी प्रतिष्ठानमा ३ वर्षको कार्यकाल पूरा गरेका विभागीय प्रमुखहरूको हेरफेर

वीपी प्रतिष्ठानमा ३ वर्षको कार्यकाल पूरा गरेका विभागीय प्रमुखहरूको हेरफेर


विराटनगर – तीन वर्षको कार्यकाल पूरा भएको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभागीय प्रमुखहरुको हेरफेर भएको छ । प्रतिष्ठानको विभिन्न विभागमा रहेर जिम्मेवार समाल्दै आएको चिकित्सकहरुको जिम्मेवारी  हेरफेर भएको हो ।

प्रतिष्ठानका अनुसार मेडिसिन विभागमा डा. रविन मास्के प्रमुख भएका छन् भने प्रसुती विभागमा डा.पप्पु रिजाललाई जिम्मेवारी दिएको छ । यस्तै, एनेस्थेसियाको विभागीय प्रमुखमा डा. एस.एन.सिंह,  प्याथोलोजी विभागमा डा.स्मृति कार्की, बायोकेमेष्ट्री विभाग प्रमुखमा डा.निर्मल बराल, कम्युनिटी मेडिसिनमा डा.पारस पोखरेललाई तोकिएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, सर्जरी विभागमा डा.राकेश गुप्ता, जनरल प्राक्टिस एण्ड इर्मजेन्सी मेडिसिन विभाग प्रमुखमा डा. ज्ञानेन्द्र मल्ल र डर्माटोलोजी विभागीय प्रमुखमा डा.सुधा अग्रवाल रहेका छन् । प्रतिष्ठानले डेन्टलतर्फ पनि अर्थोडोन्टिक्स विभाग प्रमुखमा डा.राजेश ज्ञवाली, कन्जरनेटिभ डेन्ट्रष्ट्रिमा डा.मन्नुबिक्रम साहलाई दिएको छ ।

कार्यकाल पुरा भएको विभागीय प्रमुखहरुको जिम्मेवार परिवर्तन भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिए । प्रतिष्ठानको कार्यकारिणी समितिले विभागीय प्रमुखहरुको कार्यकाल ३ वर्षको हुने निर्णय गरेको छ । सोहीअनुसार कार्यकाल पुरा गरेका विभागहरुका प्रमुख आइतबारदेखि हेरफेर भएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ