२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नर्सिङ स्टाफलाई दक्ष बनाउन प्रसुती तालिम

नर्सिङ स्टाफलाई दक्ष बनाउन प्रसुती तालिम


विराटनगर-मोरङ र सुनसरीका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ स्टाफहरुका लागि विराटनगरमा दक्ष प्रसुतीकर्मी तालिम सुरु भएको छ । धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो ।

उक्त तालिम शनिबारदेखि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सुरू भएको छ । मोरङ र सुनसरीका विभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ स्टाफ तालिममा सहभागी छन् । प्रसुती गराउने काममा लामो अनुभव हासिल गरेका शान्ति टण्डन, सकुन्तला सिटौला, गिता कोइराला र इन्दिरा गौतमले उनीहरुको दक्षता अभिवृद्धि गराउन सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने छन् । उनीहरुलाई २० दिन सैद्धान्तिक तालिम प्रदान गर्ने र बाँकी ४० दिन प्रसुति गराउने काममै लगाएर दक्ष बनाइने बताइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशकुमार मेहता, स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहितकुमार पाण्डे, नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल, प्रिन्सिपल डा. रामहरि घिमिरे, जनरल म्यानेजर रुद्रप्रसाद शर्मा, मेट्रोन कल्पना पोखरेल, नर्सिङ डाइरेक्टर निलम झा र करुणा फाउण्डेशनका प्रोग्राम मेनेजर सन्तोष घिमिरेले यस्ता तालिमले मातृ मृत्युदर घटाउन सघाउ पु¥याउनेमा जोड दिए । उनीहरुले तालिमबाट सकेसम्म बढी सीप सिकेर व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ