२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पताल पिच्छे भिडियो एक्स–रेको रिपोर्ट फरक–फरक, बिरामीलाई सास्ती

अस्पताल पिच्छे भिडियो एक्स–रेको रिपोर्ट फरक–फरक, बिरामीलाई सास्ती


विराटनगर—प्रदेश १ को राजधानीमा रहेको विराटनगरको तीन वटा ल्याबले विरामीलाई फरक–फरक रिपोर्ट दिएको पाइएको छ ।विराटनगरका दुई ठूला अस्पताल र एउटा ल्याबले बिरामीलाई फरक–फरक रिपोर्ट दिएको पाइएको हो ।

विराटनगरस्थित कोशी अस्पतला, विराट नर्सिङ होमको ल्याब र हस्पिटल चोकमा रहेको गुणराज कार्की स्मृति अल्ट्राउण्ड डायग्नोसिस क्लिनिकको ल्याबले बिरामीको रिपोर्ट फरक–फरक दिएका हुन् ।

विराटनगर–६ हाजिचोक घर भएका ४९ वर्षीय अफजल हुसेन (गुल्जर)ले गरेको भिडियो ए–क्सरेको रिपोर्ट फरक–फरक आएको हो । चार पटक भिडियो एक्स–रे गर्दा चारै पटक तीन वटा ल्याबमा फरक–फरक रिपोर्ट आएको उनले बताए । यसरी फरक–फरक रिपोर्ट आउँदा बिरामीलाई थप बिरामी बनाएको उनले बताए । ‘ल्याबै पिच्छे रिपोर्ट फरक–फरक आउँदा थप बिरामी मात्र होइन्, मानसिक समस्या हुँदो रहेछ,’ उनले भने ।

२१ साउनमा ढाड अत्याधिक दुखाइ भएपछि भोलिपल्ट २२ साउनमा हुसेन विराटनगरस्थित कोशी अस्पताल गएका थिए । ‘हस्पिटल गएको दिन कोशीको ल्याबमा पर्याप्त चिकित्सक नभएको भन्दै भिडियो एक्स–रे नभएपछि २३ साउनमा विराटनगरको हस्पिटल चोकमा रहेको गुणराज कार्की स्मृति अल्ट्रासाउण्ड डायग्नोसिस क्लिनिकमा गएर भिडियो एक्स–रे गरे । एक्स–रेको १ हजार रूपैयाँ दिए । ‘रिपोर्टमा १८.७ एमएमको पथरीया पिसाब नलीमा रहेको देखायो,’ उनले भने, ‘गुणराजमा गरिएको अल्ट्रासाण्डमा चित्त नबुझेपछि कोशी अस्पतालको ल्याबमा २६ साउनमा गए ।’

दुई दिन कोशीमा धाएर गराएको भिडियो एक्स–रे रिपोर्टमा पथरी नभएको रिपोर्ट आएपछि उनी आचर्यचकित भए । ‘तीन दिन अगाडि गुणराज कार्की स्मृति अल्ट्रासाउण्डमा गराउँदा १८.७ एममको पथरी रहेको रिपोर्ट आएको छ । कोशीमा गर्दा केही नभएको रिपोर्ट पाएपछि मानसिक समस्यामा परे,’ उनले भने, ‘त्यसपछि उनी नोबेल अस्पताल पुगेका थिए । नोबेलका स्वास्थ्यकर्मीले विराट नर्सिङ होम जान सुझाव दिए । बुधबार विराटमा गएर भिडियो एक्स–रे गर्दा १७.१ एममको पथरी रहेको रिपोर्ट दियो ।’

दुई वटा ल्याबले दिएको रिपोर्ट फरक–फरक आएपछि पुनः सरकारी अस्पताल कोशीमा बिहीबार गए । कोशीमा गराएको रिपोर्टमा २०.१ एमएमको पथरी पिसाब नलीमा रहेको ल्याब रिपोर्टमा आएको उनले बताए । ‘यसरी ल्याबै पिच्छे फरक–फरक रिपोर्टले हैरानी मात्र पाइन मानसिक समस्या झेल्नु परेको छ,’ अस्पतालका ल्याबले दिएको रिपोर्ट हेर्दै उनले भने, ‘अब कुन ल्याबले दिएको रिपोर्टलाई आधार मानेर थप उपचार गर्नु । म त हैरानीमा परेको छु ।’

कोशी अस्पतालका रेडियोलोजी विभागका रेडियोलोजिष्ट डा. राजा सुवालले कतिपय अल्ट्रासाउण्ड गर्दा खाना खाएर बिरामी आउँदा ग्यासको कारणले पनि सही रिपोर्ट नआउने गरेको बताए । ‘भिडियो एक्स–रे गराउनुभन्दा अगाडि पिसाब निकालेका कारणले गर्दा पनि रिपोर्ट सही नआउन सक्छ,’ उनले भने, ‘त्यही भएर अल्ट्रासाउण्ड गर्दा सबै कुरा विचार पु¥याएर गर्नुपर्दछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ